नयाँदिल्ली, भदौ ९ । प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीलाई अब संघको निर्वाचनपछि मात्र संविधान संशोधन हुन सक्ने बताएका छन् । लोकतान्त्रिक गठबन्धन पक्षधरको दुईतिहाइ पुगे मात्रै संशोधन सम्भव हुने उनको भनाइ छ । बिहीबार भारतीय प्रधानमन्त्री मोदीसँग हैदराबाद हाउसमा सीमित अधिकारीसहितको बैठक र प्रतिनिधिमण्डलस्तरीय बैठकमा देउवाले यस्तो बताएका हुन् । मोदीले देउवाको धारणामा […]
काठमाडौं, भदौ ८ । नेकपा (एमाले) का अध्यक्ष केपी ओली उपचारका लागि भोली शुक्रबार बैंकक जाँदैछन् । शुक्रबार मध्यान्ह साढे १२ बजे अध्यक्ष ओली थाइल्याण्डको राजधानी बैंकक उपचारका लागि जान लागेको एमालेद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । बैंककमा नियमित उपचार गराउँदै आएका ओली केही महिना अगाडि पनि नियमित उपचारका लागि बैंकक गएका थिए ,
चितवन, भदौ ८ । बाढीले बगाएर भारतीय क्षेत्रमा पु¥याएका तीन पोथी र एउटा भाले गैँडा उद्धार गरी चितवन राष्ट्रिय निकुञ्जमा ल्याइएको छ । थप एक गैँडा भेटिएपछि ल्याउने प्रयास शुरु भएको छ । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालका अनुसार वाल्मीकि नगरबाट ४२ किलोमिटर दक्षिणपूर्व बगाहा भन्ने भारतीय गाउँमा पुगेको एउटा र वाल्मीकि टाइगर […]
पाँचथर, ७ भदौ । सरकारले कृषिलाई आधुनिकीकरण गर्ने नीतिलिएको छ, तर पाँचथरका चिया कृषक भने धेरै समस्या परेका छन् । चिया उत्पादक कृषकले राज्यले सहयोग नगर्दा चिया किसानहरुले बर्षौंदेखि समस्या झेल्नु परेको गुनासो गरेका छन् । एकातिर राज्य चिया खेति र कृषकसंग उदासिन छ भने अर्कोतिर कृषकले चिया खेति व्यवसायिकरुपमा गर्न नसकिएको गुनासो गरिरहेका छन् […]
काठमाडौँ, भदौ ७ । नेकपा (माओवादी केन्द्र)ले आफ्नो दलका सांसदहरूको एक महिनाको पारिश्रमिक बाढी\पहिरोपीडितका लागि प्रधानमन्त्री राहत कोषमा हस्तान्तरण गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई आज प्रम निवास बालुवाटारमा केन्द्रका अध्यक्ष एवं पूर्वप्रम पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रु ३४ लाख ९९ हजार २६० हस्तान्तरण गरेको नेकपा (माओवादी केन्द्र) संसदीय दलका प्रमुख सचेतक रेखा शर्माले जानकारी दिइन् […]
काठमाडौं, भदौ ७ । नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्काको नेतृत्वमा भएका अनियमितता एकपछि अर्को सार्वजनिक हुन थालेका छन् । जग्गा खरिदमा करोडौं घोटाला भएको सेलाउन नपाउँदै निगमभित्रको अर्को लुटको रहस्य खुलासा भएको छ। निगमका उच्च अधिकारीको मिलेमतोमा पेट्रोलियम पदार्थ ढुवानी गर्दा निगमका अधिकारीले व्यवसायीसँग वार्षिक करिब तीन करोड रुपैयाँ अतिरिक्त रकम लिने गरेको […]
काठमाडौं, भदौ ६ । प्रधानमन्त्री शेरबहादुर देउवाले नवनियुक्त १५ राज्यमन्त्रीलाई आज पद तथा गोपनीयताको शपथ गराएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजित समारोहमा नेपाली काँग्रेसका १२ र नेपाल लोकतान्त्रिक फोरमका तीन राज्यमन्त्रीलाई शपथ गराइएको हो । नवनियुक्त राज्यमन्त्रीहरुमा सीता गुरुङ भौतिक पूर्वाधार तथा यातायात, सरिता प्रसाईं कृषि विकास शेषनाथ अधिकारी शिक्षा, नरबहादुर चन्द […]
काठमाडौँ, भदौ ६ । नेकपा (माओवादी केन्द्र)ले आगामी असोज २ गते हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ को नेतृत्वमा पार्टीको सम्पूर्ण पंक्ति परिचालन गर्ने भएको छ । पार्टी अध्यक्ष दाहालको निवास लाजिम्पाटमा आज बसेको केन्द्रीय कार्यालयको बैठकले स्थानीय तहको निर्वाचनलाई भव्य र सभ्य बनाउनका लागि पार्टीको सम्पूर्ण पंक्ति परिचालन गर्ने निर्णय […]
रौतहट, भदौ ६ । बलिउड अभिनेत्री मनीषा कोइरालाले बाढीबाट अति प्रभावित रौतहटको बसन्तपटीका बाढी प्रभावितलाई राहत वितरण गरेकी छिन् । युएनएफपिएकी सद्भावना दूत समेत रहेकी कोइरालाले मंगलवार बाढीपीडित प्रभावित क्षेत्रका गर्भवती, सुत्केरी, एकल महिला तथा फरक क्षमता भएका ८६ महिलाहरुलाई साडी, पेटिकोट, चोलो, पेन्टी, टुथपेस्ट, साबुन, तेल, छाता, टर्च लगायतका चौधवटा सामग्रीले भरिएको मर्यादा सामग्री […]
कैलाली, भदौ ६ । सात नम्बर प्रदेश अन्तरगत सुदूरपश्चिमका थप तीन वटा विमानस्थल यसै आर्थिक वर्षभीत्र कालोपत्रे हुने भएका छन् । बैतडीको पाटन, डोटीको दिपायल र अछामको साँफेबगर विमानस्थल यसै आर्थिक वर्षमा कालोपत्रे हुने भएका हुन् । गत वर्ष यी तीन वटै विमानस्थल पक्कीका लागि ठेक्का भएको थियो । साँफेबगर विमानस्थलको निर्माण २०७४ को चैत […]