गत वर्ष चिनियाँ राष्ट्रपति सि जिनपिङको नेपाल भ्रमणको समयमा नेपाल र चीनको बीचमा भएका केही सम्झौताहरुको बारेमा अमेरिकाले नेपालसँग प्रश्न सोधेको छ । आज हुदै गरेको मानव अधिकार परिषद्को बैठकको पूर्व सन्ध्यामा अन्य केही मुलुकसँगै अमेरिकाले केही प्रश्नहरु पठाएको छ । परिषद्को तेस्रो आवधिक बैठकमा यि प्रश्नहरुबारे छलफल हुनेछ । सो बैठकलाई परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले […]
नेकपा (ओली समूह)का महासचिव एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभा पुनर्स्थापनाको कुनै सम्भावना नरहेको बताएका छन् । नेकपा केपी ओली समूह तर्फका प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेला सम्बोधन गर्दै पौडेलले सर्वोच्च अदालतको फैसला भने स्वीकार गर्ने बताए । ‘सर्वोच्च अदालतप्रति विश्वास छ, जे निर्णय गर्छ, स्वीकार्छौं’, पौडेलले भने । तर, अदालतमा प्रतिनिधिसभा पुनर्स्थापना गर्नुपर्ने दलील […]
जो बाइडनले हिजो ४६ औं अमेरिकी राष्ट्रपतिको शपथ लिएका छन् । अमेरिकाको डेमोक्रेटिक पार्टीको तर्फबाट राष्ट्रपतीय निर्वाचनमा जित हात पारेका बाइडनलाई अमेरिकी सर्वोच्च अदालतका प्रधान्यायाधीश जोन रोबर्टले सपथ ग्रहण गराएका हुन् । सपथग्रहण समारोह वासिङटन डीसीस्थित यूएस क्यापिटलमा भएको थियो । कोरोना भाइरस (कोभिड–१९) को महामारीको कारण शपथ ग्रहण समारोहमा सीमित व्यक्तिलाई मात्र प्रवेश दिइएको […]
नेकपा विप्लव समूहका मोरङ जिल्ला इन्चार्ज धन बहादुर विकलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई मोरङको बुढीगंगा गाउँपालिका ४ बाट हिजो पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले आज जानकारी दिएको छ । विकले मिक्लाजुङका शिक्षक राजेन्द्र श्रेष्ठको हत्या गरेको प्रहरीले दाबी गरेको छ । उनको साथबाट सेमी अटोमेटिक पेस्तोल एक थान, गोली ३ थान लगायतका […]
मोरङको सुन्दरहरैचा नगरपालिका–१० स्थित सुकुना सामुदायिक वनमा जंगली हात्तीको आक्रमणले एक महिलाको मृत्यु भएको छ । हात्तीको आक्रमणबाट स्थानीय ३२ वर्षीया सीता पराजुलीको मृत्यु भएको हो । जंगलमा घाँस दाउरा गर्न गएको अवस्थामा हात्तीको आक्रमणले मंगलबार घाइते पराजुलीको उपचारको क्रममा कोसी अस्पताल विराटनगरमा बुधबार बिहान मृत्यु भएको जिल्ला प्रहरी मोरङका प्रवक्ता डीएसपी मानबहादुर राईले बताए […]
भारतले नेपाललाई अनुदानमा उपलब्ध गराउने कोरोना विरुद्धको खोप यो हप्ता भित्रै नेपाल आइपुग्ने भएको छ । खोप ल्याउने बारे थप जानकारी दिन आज दिउँसो स्वास्थ्य मन्त्री हृदयश त्रिपाठी तथा भारतीय राजदूत विनयमोहन क्वात्राले संयुक्त रुपमा पत्रकार सम्मेलन गर्ने स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समिर अधिकारीले जानकारी दिनुभयो । पत्रकार सम्मेलनमा नै भारतबाट ल्याउने खोपको मात्रा र समय […]
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रदेश १ का केन्द्रीय सदस्यहरुसंग छलफल गर्नुभएको छ । उहाँले आजबाट प्रदेश १ मा शुरु हुन लागेको हिउँदे अधिवेशन र सरकारविरुद्ध दाहाल–नेपाल पक्षको नेकपाले ल्याएको अविश्वास प्रस्तावबारे छलफल गर्नुभएको हो । प्रदेशसभा बैठक अघि सभापति देउवाले आफ्नै निवास बुढानीलकण्ठमा नेताहरुलाई बोलाएर छलफल गर्नुभएको हो । प्रदेशसभामा अविश्वास प्रस्तावमाथि आजदेखि छलफल […]
निर्वाचन आयोगले वैशाख १७ र २७ का लागि घोषित निर्वाचन प्रक्रियामा सक्रियतापूर्वक सहयोग गर्न राजनीतिक दलहरूलाई आग्रह गरेको छ । सरकारले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेर निर्वाचनको नयाँ मिति तोकेपछि आयोगले आइतबार ११ वटा राजनीतिक दलका प्रतिनिधिलाई बोलाएर निर्वाचन प्रक्रियाबारे छलफल गरेको हो । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आ–आफ्नो मातहतका प्रदेश, जिल्ला, स्थानीय तह, वडास्तरीय […]
स्थानीय बजारमा सुनको मूल्य आज पनि ओरालो लागेको छ । तोलामा ७ सय रुपैयाँले ओरालो लागेर साताको पहिलो दिनको कारोबार सुरु भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ । छापावाला सुन शुक्रबार तोलामा ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । […]
प्रतिनिधि सभा विघटनको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा आजदेखि निरन्तर सुनुवाइ सुरू भएको छ। बहसमा रिट निवेदकका वकिलहरूले संसद विघटनसम्बन्धी संविधान सभामा भएको छलफलको रेकर्ड मगाउन माग गरेका छन्। बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले इजलाससमक्ष सो माग गरेका हुन्। त्रिपाठीको मागमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले भने ( यो कुरा पहिला नै आएको छ, हाम्रो नोटमा छ। आवश्यक […]