नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । बैठक आज बिहान १० बजे बस्ने पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ। सरकारमा सहभागिताको विषयमा आन्तरिक विवाद देखिएपछि पार्टीले कार्यसम्पादन समितिको बैठक बोलाएको हो । बैठकमा पार्टीले पाएको थप चार मन्त्रालयमा कसलाई पठाउने भन्ने विषयमा पनि छलफल हुने बताइएको छ। आन्तरिक भागबण्डा नमिल्दा सभापति शेरबहादुर देउवाले हिजो […]
राष्ट्रपति रामचन्द्र पौडेल बिरामी भएपछि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज भर्ना गरिएको छ । पेट दुख्नेलगायत समस्या देखिएपछि शनिबार साँझ उनलाई अस्पताल लगिएको थियो। उनको उपचार भइरहेको छ । राष्ट्रपति पौडेललाई चिकित्सकहरूको निगरानीमा राखिएको छ । राष्ट्रपति पौडेल त्रिवि शिक्षण अस्पताल भर्ना भएको र चिकित्सकको निगरानीमा राखिएको राष्ट्रपतिको सचिवालयले जनाएको छ । पौडेललाई आजै डिस्चार्ज गर्ने […]
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई बारा–२ को उम्मेदवार बनाउन मधेस प्रदेश समितिले केन्द्रलाई सिफारिस गरेको छ । मधेस प्रदेश समितिको बैठकले प्रदेश २ को उम्मेदवारका लागि सिफारिस गरेको बताइएको छ । ‘जिल्लाबाट अध्यक्ष उपेन्द्र यादवको नाम सिफारिस भएर आएको थियो, त्यसलाई अनुमोदन गरेर केन्द्रलाई हिजै पठाइसकेका छौँ’ जसपा मधेस प्रदेश समितिका अध्यक्ष रामबाबु यादवले […]
बारामा प्रश्नपत्र बाहिरिएको विषयमा केन्द्रध्यक्षसहित ४ जना निलम्बित भएका छन् । जिल्लाको आदर्श कोतवाल गाउँपालिकास्थित महेन्द्र आदर्श जयनगर च्युटाँहा मावि परीक्षा केन्द्रबाट एसईई परीक्षाको प्रश्नपत्र बाहिरिएको विषयमा केन्द्रध्यक्ष सहित ४ जनालाई निलम्बन गरिएको हो । प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा बसेको एसईई परीक्षा समितिको बैठकले केन्द्रध्यक्ष दिनेशप्रसाद साह, सहायक केन्द्रध्यक्ष पदमराज चौधरी, विजय चौधरी, परीक्षा निरिक्षक […]
प्रधानमन्त्री प्रचण्डले शुक्रबार शपथ लिने मन्त्रीहरुको अधिकांश सूची टुंग्याएका छन् ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकार बिस्तारपछि सरकारले इतिहासमा नयाँ रेकर्ड बनाउने गरी काम गर्ने बताएका छन्। शुक्रबार दिउँसो कोटेश्वरमा नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् । केही मन्त्रालय र व्यक्तिबारे अझै छलफल रहेकाले अन्तिम रुप दिएर मन्त्रिपरिषद् […]
प्रधानमन्त्री पुष्पकमल दाहालले तीन महिनामै सातौं पटक मन्त्रिपरिषद्मा हेरफेर गर्दै छन् । पुस ११ मा शपथ लिएसँगै उनले माघ ३, १४ र २३, फागुन १४ र १६ मा पनि मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए । सहयोगीहरूमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी र जनमोर्चाबाहेक ९ दललाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्न लागिएको हो । कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले उपप्रधानसहित रक्षामन्त्री बनेर सरकारमा दलको […]
यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) परिक्षा आजबाट सुरु हुँदैछ । चैत २९ गतेसम्म सञ्चालन हुने परीक्षा आज बिहान ८ बजेदेखि देशभर एकैसाथ सुरु हुने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए। शर्माले परीक्षा शान्तिपूर्ण, मर्यादित र व्यवस्थित रुपमा सम्पन्न गराउन सबैमा आह्वान गरेका छन्। उनले सबै परीक्षा केन्द्रका लागि केन्द्राध्यक्ष नियुक्ती, सुरक्षा व्यबस्था, […]
सत्ता गठनबन्धनमा दलहरूले पाउने मन्त्रालयहरूको भागबन्डा टुंगिएको छ । स्रोतका अनुसार नेपाली कांग्रेसले ८ मन्त्रालय‚ नेकपा माओवादी केन्द्रले ५ मन्त्रालय‚ एकीकृत समाजवादी पार्टीले २ मन्त्रालय पाउने भएको छ । गठबन्धनको ठूलो दल कांग्रेसले अर्थ, परराष्ट्र, रक्षा‚ सहरी विकास‚ भूमि व्यवस्था‚ सामान्य प्रशासन‚ स्वास्थ्य र कानुन मन्त्रालय मन्त्रालय पाउने भएको छ भने माओवादीले गृह‚ ऊर्जा‚ सञ्चार‚ […]
अर्थशास्त्री डा. स्वर्णिम वाग्लेले नेपाली कांग्रेस छाडेको घोषणा गर्नुभएको छ । सामाजिक सञ्जालमा लेख्दै वाग्लेले २०४२ सालको सत्याग्रह र २०४६ को जनआन्दोलनदेखिको आफ्नो संलग्नता एवम् ५० वर्षदेखिको पारिवारिक विरासत गाँसिएको नेपाली कांग्रेस पार्टीबाट अलग हुने निर्णय गरेको जानकारी दिनुभएको छ । उहाँले कांग्रेसमा बसेर ३० वर्षदेखि परोक्ष र गएको १० वर्षदेखि प्रत्यक्षरूपमा आर्थिक नीति र […]
जनता समाजवादी पार्टी नेपाल मधेस प्रदेश समितिले आज बारा २ का लागि उम्मेदवारमा पार्टीका अध्यक्ष उपेन्द्र यादवको नाम सिफारिस गर्ने भएको छ । हिजो बारा २ को जसपा क्षेत्रीय भेलाले जिल्ला समितिलाई पठाएको थियो । जिल्ला समितिले पनि हिजै प्रदेश समितिलाई समितिलाई पठाइसकेको छ । आज त्यसमा छलफलका लागि मधेस प्रदेश समितिको बैठक बस्दैछ । […]