नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गलत थियो भन्ने अभिव्यक्ति भूलेर पनि नदिन आफ्नै पार्टीका नेताहरूलाई भनेका छन् । प्रतिनिधिसभा विघटन गरेकै कारण एमाले अहिले प्रमुख शक्ति बनेर अगाडि बढिरहेको दाबी गर्दै ओलीले त्यसको विरोध नगर्न एमालेको केन्द्रीय सल्लाहकार परिषद्का सदस्यहरूलाई भनेका हुन् । केन्द्रीय सल्लाहकार परिषद्को आज बसेको बैठकलाई सम्बोधन गर्ने क्रममा […]
सत्ता गठबन्धनको स्थानीय तह चुनावी तयारी तथा अनुगमन समितिको बैठकले सातै प्रदेश राजधानीमा संयुक्त चुनावी सभा गर्ने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार बिहान बसेको समितिको बैठकले यही वैशाख १८ गतेदेखि २२ गतेसम्म सातै प्रदेशमा चुनावी सभा गर्ने निर्णय गरेको हो । सातै प्रदेशका चुनावी सभामा पाँच दलीय गठबन्धनका शीर्ष नेताले सम्बोधन गर्ने […]
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छिमेकी राष्ट्र भारतमा पछिल्लो दिन कोरोना संक्रमण बढ्दो क्रममा रहेको र जोखिम कायमै रहेकाले सतर्कता अपनाउन अनुरोध गरेको छ । आज एक सूचना जारी गर्दै कोभिड–१९ को संक्रमणदर भारत लगायतका छिमेकी राष्ट्रहरुमा पछिल्ला केही दिनमा बढ्दो क्रममा रहेकोले संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जनस्वास्थ्यको मापदण्डहरुको पालना गर्न आग्रह गरेको छ । […]
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग आज बिहीवारदेखि सञ्चालनमा आएसँगै अब अन्तर्राष्ट्रिय जहाज पनि अवतरण गर्ने भएका छन् । गौतबुद्ध विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले नयाँ धावनमार्गमा आजदेखि आन्तरिक वायु सेवाका जहाजले उडान र अवतरण सुरु गरेको र आपत् पर्दा अन्तर्राष्ट्रिय जहाजले पनि अवतरण गर्न सक्ने जानकारी दिनुभयो । यो विमानस्थल सञ्चालनका लागि अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरण (आईकाओ) […]
नेकपा एमालेले वैशाख ३० गते तोकिएको स्थानीय तहको निर्वाचन सार्न खोजे सशक्त प्रतिवाद गर्ने भएको छ । अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा हिजो साँझ बसेको सचिवालय बैठकले सरकारले स्थानीय तह निर्वाचन सार्न खोजे प्रतिवाद गर्दै सरकारको षड्यन्त्रलाई निस्तेज पारेर जाने निर्णय गरेको हो । बैठकपछि उपमहासचिव एवं प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले चुनावबारे अलमलमा […]
निर्वाचन आयोगले स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ७१ ले दिएको अधिकार प्रयोग गरी स्थानीय तह निर्वाचन (कसुर तथा सजाय) निर्देशिका, २०७४ जारी गरेको छ । यो निर्देशिकाले स्थानीय तह निर्वाचनको क्रममा कानुनको उल्लंघन गर्ने व्यक्ति वा संस्थालाई कसुर तथा सजायको व्यवस्था गरेको छ । उक्त निर्देशिकाको दफा ५ मा निर्वाचनमा प्रभाव पारेमा हुने […]
नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाल भूराजनीतिक खेलको ‘रणमैदान’ हुन नहुने बताएकी छन् । चिनियाँ सञ्चार माध्ययम ग्लोबल टाइम्सलाई एक अन्तर्वार्ता दिँदै उनले नेपाल द्विपक्षीय सौहार्द सहकार्य दर्साउने ’बगैंचा’ हुनुपर्ने तर भूराजनीतिक खेलको ’रणमैदान’ हुन नहुने बताएकी हुन् । चिनियाँ परराष्ट्रमन्त्री वाङ यीको पछिल्लो नेपाल भ्रमणका उपलब्धीबारे ग्लोबल टाइम्सलाई प्रतिक्रिया दिँदै उनले नेपाल चीनको […]
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले स्थानीय तहको चुनावमा सत्ता गठबन्धन बीचको तालमेल सबैतिर गर्ने कोसिस भए पनि सहज नबनेको बताएका छन्। उपलब्ध पूर्व स्थायी समिति सदस्य र प्रदेश इन्चार्जहरुहको आज बिहान खुमलटारमा बसेको बैठकमा प्रचण्डले गठबन्धनमा रहेका दलहरुले आफ्नो शक्तिलाई अतिरन्जित रुपमा दावी गरेकाले पनि कुरा मिलाउन अप्ठ्यारो भएको बताएको एक स्थायी समिति […]
अमेरिकाको विकासका लागि सहयोग निकाय (यूएसएआईडी) ले दिने करिब ८० अर्बको अनुदान सहायता नेपालले स्वीकार गरेको छ । सरकारले अमेरिकी सरकारबाट विभिन्न विकास कार्यक्रमको लागि प्राप्त हुने ७९ अर्ब ७१ करोड वैदेशिक अनुदान स्वीकार गर्ने निर्णय गरेको हो । ३० चैत २०७८मा मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्दै सूचार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ६ सय […]
संसदीय सुनुवाई विशेष समितिले विभिन्न देशका लागि प्रस्तावित २० राजदूतविरुद्ध उजुरी आह्वान गरेको छ । सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले प्रस्तावित राजदूतविरुद्ध संसदीय सुनुवाई गर्नु अघि कुनै उजुरी भए १० दिनभित्र समितिमा पठाउन भनिएको समिति सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए । समितिको कार्यालय सिंहदरबार, इमेल, हुलाक तथा जिल्ला प्रशासन कार्यालयबाट समेत उजुरी दर्ता गर्न सकिनेछ […]