स्थानीय तहको निर्वाचनको मतदानको दिन अर्थात ३० वैशाखमा वर्षाको आँकलन गरिएपछि निर्वाचन आयोगले हरेक निर्वाचन केन्द्रमा पालरत्रिपालको व्यवस्था गर्न निर्देशन दिएको छ । वर्षाका कारणले मतदान र मतगणना कार्य प्रभावित नहुने गरी जोगाउन र निर्वाचन सामग्रीसमेतको सुरक्षा गर्न आयोगले सरकारी निकायलाई निर्देशन दिएको हो । शुक्रबार बिहान ७ बजेदेखि मतदान कार्य सम्पन्न नभएसम्मका लागि मतदान […]
विराटनगर महानगरका अधिकांश सामुदायिक विद्यालयले विद्यार्थी अभावमा घरदैलो कार्यक्रम सुरु गरेका छन् । तर यहीको पोखरीया माध्यमिक विद्यालयलाई निजी छाडेर स्वतः स्फूर्त भर्ना हुन आएका विद्यार्थीर्को भीड थेग्न सकस परेको छ । नौ वर्षदेखि नर्सरीदेखि कक्षा १० सम्म अंग्रेजी माध्यमबाट पढाइ गर्दै उत्कृष्ट नतिजा दिँदै आएको यो विद्यालयले भर्ना लिन शुक्रबार एक सय पूर्णांकको प्रवेश परीक्षा नै […]
निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेकाहरूलाई ४० प्रकारका चिन्हमध्येबाटै निर्वाचन चिन्ह दिइरहेको जनाएको छ । देशभर १२ हजार ७८९ जना स्वतन्त्र उम्मेदवार छन् । उनीहरूलाई आयोगले निर्वाचन चिन्ह आज (शनिबार) दिइरहेको हो । ४० प्रकारका निर्वाचन चिह्नहरूमा बिरालो, अर्ना, बँदेल, भ्यागुतो, चिल, केरा, गुलाब, खसीको टाउको, जेब्रा, भुइँकटहर, काग, भालु, कङ्गारु, हाँस, आँप […]
गृहमन्त्री बालकृष्ण खाँणले केन्द्र, प्रदेश र जिल्लाका सुरक्षा समितिका पदाधिकारी र सदस्यलाई निर्वाचन स्वच्छ निष्पक्ष र धाँधलीरहित रूपमा सम्पन्न गर्न सुरक्षा व्यवस्थामा कुनै कसुर बाँकी नराख्न निर्देशन दिएका छन् । शनिबार आफ्नो अध्यक्षतामा आयोजित ‘स्थानीय तह निर्वाचन सम्बन्धमा’ सुरक्षा गोष्ठीमा गृहमन्त्री खाँणले निर्वाचन सम्पन्न हुने बेलासम्म देखिने सबै प्रकारका चुनौती उपलब्ध स्रोत र साधन उपयोग […]
खोटाङमा आफ्नै छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा बुबा पक्राउ परेका छन् । ऐसेलुखर्क गाउँपालिका–५ महेश्वरीका ५१ वर्षीय पुरुषले आफ्नै १२ वर्षकी छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । छोरीको घाँटी समाई डर–त्रास देखाएर जबरजस्ती करणी गरेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय ऐसेलुखर्कबाट खटिएको प्रहरी टोलीले उनलाई शुक्रबार […]
गठबन्धनको तर्फबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको मेयरका उम्मेद्वार धर्मराज पोखरेलमाथि हातपात भएको छ। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी र एकीकृत समाजवादीको चार दलीय गठबन्धनबाट कांग्रेसले मेयरको उम्मेद्वार बनाएका पोखरेलमाथि कांग्रेसकै कार्यकर्ताले हातपात गरेका हुन्। मेयरको उम्मेद्वारका लागि कांग्रेस खोटाङले १६ जनाको नाम प्रदेश नम्बर १ समितिमा सिफारिस गरी पठाएको थियो। जसमध्ये कांग्रेस जिल्ला […]
धरान उपमहानगरपालिकाको लागि तीन दलीय गठबन्धनबाट नेपाली कांग्रेस र नेकपा माओवादीबाट मेयर र उपमेयरमा उम्मेदवारी दिइएको छ । नेपाली काँग्रेसका तर्फबाट मेयरमा किशोर राई र उपमेयरमा नेकपा माओवादी केन्द्रबाट आइन्द्र विक्रम बेघालाई उम्मेदवार बनाइएको हो । लामो समयको छलफल पछि उम्मेदवारी दर्ता गर्ने अन्तिम समयमा तीन दलीय गठबन्धनले धरानको मेयरमा राईलाई उम्मेदवारी दिइएको हो। राई […]
नेकपा(माओवादी केन्द्र)का प्रवक्ता कृष्णबहादुर महराले गठबन्धन सफल भएको बताएका छन ्। आज माओवादी केन्द्रको नियमित पत्रकार भेटघाटमा बोल्दै प्रवक्ता महराले स्थानीय तह निर्वाचनको लागि मनोनयन दर्ताको दिनसम्म आइपुग्दा गठबन्धन सफल भएको बताएका हुन् । उनले गठबन्धन अझ अगाडि बढ्दै जाने पनि बताए। उनले आज बिहानसम्ममा गठबन्धन ६० प्रतिशत ठाउँमा सफल भएको र बाँकी ठाउँमा पनि […]
पछिल्लो २४ घण्टामा थप २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ कसैको मृत्यु भएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ६४२ जनाको पीसीआर परीक्षणमा १९ जना र १ हजार १३३ जनाको एन्टीजेन परीक्षणमा २ जना गरी २१ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोनाबाट १७ जना निको भएका […]
यही वैशाख ३० गते हुने पालिका चुनावका लागि निर्वाचन आयोगले भोलि मङ्गलवारदेखि मतपत्र ढुवानीको काम थाल्ने भएको छ । आयोगमा आज सोमवार भएको पत्रकार सम्मेलनमा प्रवक्ता शालिग्राम शर्माले दुर्गम जिल्लाका लागि भोलिदेखि नै मतपत्र ढुवानीको काम सुरु हुने जानकारी दिनुभयो । अहिलेसम्म ८० प्रतिशत अर्थात् ६८ जिल्लाका लागि एक करोड ५४ लाख ८३ हजार मत […]