नेकपा विप्लव समूहका मोरङ जिल्ला इन्चार्ज धन बहादुर विकलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई मोरङको बुढीगंगा गाउँपालिका ४ बाट हिजो पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले आज जानकारी दिएको छ । विकले मिक्लाजुङका शिक्षक राजेन्द्र श्रेष्ठको हत्या गरेको प्रहरीले दाबी गरेको छ । उनको साथबाट सेमी अटोमेटिक पेस्तोल एक थान, गोली ३ थान लगायतका […]
भारतले नेपाललाई अनुदानमा उपलब्ध गराउने कोरोना विरुद्धको खोप यो हप्ता भित्रै नेपाल आइपुग्ने भएको छ । खोप ल्याउने बारे थप जानकारी दिन आज दिउँसो स्वास्थ्य मन्त्री हृदयश त्रिपाठी तथा भारतीय राजदूत विनयमोहन क्वात्राले संयुक्त रुपमा पत्रकार सम्मेलन गर्ने स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समिर अधिकारीले जानकारी दिनुभयो । पत्रकार सम्मेलनमा नै भारतबाट ल्याउने खोपको मात्रा र समय […]
आफुलाई क्यानाडाको युनिभर्सिटी अफ टोरन्टोबाट पिएचडी गरेको बताउदै एक व्यक्तिले सुनसरी जिल्लाको सदरमुकाम इनरुवामा १२ सय बढी मानिसहरुलाई ठगी गरेको खुलासा भएको छ । धनुषाको गणेशमान चारनाथ नगरपालिका ८ का ४७ बर्षीय रामबली दनुवारले इनरुवामा एक संस्थाको शाखा कार्यालय खोलेर सिप तथा राहत वितरणको नाममा ११ सय ९७ जनालाई ठगी गरेका हुन् । उनले कर्मचारीकोरुपमा […]
धनकुटामा आइतबार(आज) बिहान ट्याक्टरले किच्दा विद्यालय जाँदै गरेकी एक छात्राको मृत्यु भएको छ । धनकुटा–७ सिरवानीमा प्रदेश १–०२–००३ त ६१२ नम्वरको ट्याक्टरले किच्दा धनकुटा–८ पेलेकपाङ्गकी १५ बर्षीया रेविका आठपहरिया राईको घटनास्थलमै मृत्यु भएको हो । सिरवानीस्थित त्रिवेणी माध्यमिक विद्यालयमा कक्षा–९ मा अध्ययनरत रेविकालाई विद्यालय जाँदै गर्दा ट्याक्टले किचेको हो । सोही विद्यालयमा कक्षा ५ मा […]
प्रतिनिधि सभा विघटनबारेको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहे पनि निर्वाचन आयोगले चुनावको लागि आवश्यक तयारी अघि बढाएको छ । आउँदो वैशाख १७ र २७ गते चुनावको मिति घोषणा भइसकेकाले त्यसअनुसार तयारी थालिएको आयोगले जनाएको छ । आयोगले अन्तिम मतदाता नामावली तयारी प्रक्रियासँगै मतदान स्थल तथा मतदान केन्द्र निर्धारणसम्बन्धी काम सुरु गरेको हो । अन्तिम मतदाता […]
घरायसी विवादमा ईलामको देउमाई नगरपालिका ८ आमबोटेका ३३ बर्षीय सुवास राईले श्रीमतिको हत्या गरेका छन् । उनलाई प्रहरीले २७ बर्षीया श्रीमति नम्रता राईको हत्या गरेको आरोपमा पक्राउ गरेको छ । प्रहरीका अनुसार आज बिहान साँढे ५ बजे सामान्य घरायसी वादविवादमा उनले श्रीमतिलाई खुकुरीले घाँटीमा प्रहार गरी हत्या गरेका थिए । घटनाबारे खबर पाएपछि प्रहरी चौकी […]
अनेरास्ववियुले शैक्षिक सङ्घर्षका कार्यक्रमहरूको पनि घोषणा गरेको छ । सङ्घीय संसदबाट सर्वसम्मतरूपमा जारी गरिएको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नक्सामा भएको भूमि फिर्ता गर्न र त्यस भूमिसहित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रकाशित गरेको पाठ्य सामग्री तत्काल वितरण गर्न दबाब दिने सह–संयोजक तामाङले बताउनुभयो । उहाँले कक्षा ११ को पाठ्यक्रममा देखिएको अन्योल तत्काल अन्त्य गर्न दबाबमूलक […]
प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि प्रदेश १ ले उचालेको छ । आज भएको फाइनलमा डिफेन्डिङ च्याम्पियन विभागीय टोली एपीएफलाई ६ रनले पराजित गर्दै प्रदेश १ ले पहिलोपटक उपाधि उचालेको हो । प्रदेश १ ले दिएको १०६ रनको लक्ष्य पछ्याएको एपीएफले निर्धारित २० ओभरमा पुरै ओभर खेल्दै ७ विकेट गुमाएर ९९ रन मात्र बनाउन […]
नेपाल कम्युनिष्ट पार्टी नेकपा इलामको तेश्रो पुर्ण बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ । जिल्ला कमिटीका बहुमत सदस्यहरु उपस्थित रहेको बैठकले पार्टी कमिटी परिचालन तथा संर्घष कार्यक्रम संयोजकको रुपमा भक्त केसीलाई जिम्मेवारी दिएको छ । केसीले पार्टी परिचालनका साथै प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमका विरुद्ध हुने कार्यक्रयको संयोजना गर्नेछन् । कार्यालय व्यवस्थापन समितीमा […]
नेकपाका प्रचण्ड माधव समुहका स्थायी कमिटी सदस्य भीम आचार्यले प्रधानमन्न्त्री केपी ओलीले विस्तार गरेको केन्द्रीय कमिटीलाई भेडीगोठको संज्ञा दिएका छन् । संसद विघटनविरुद्ध आज देशैभर विरोध प्रर्दशन गर्ने क्रममा सुनसरीको इनरुवामा र्याली शुरु हुनुअघि सम्बोधन गर्दै नेता आचार्यले यस्तो भनाई राखेका हुन् । विराटनगरको विरोध कार्यक्रममा पनि सम्बोधन गर्न पुग्नुपर्ने भएकोले आचार्यले र्याली शुरु हुनुअघि […]