बिर्तामोडस्थित बिएण्डसी हस्पिटलले झापाका १०० विपन्न परिवारको स्वास्थ्य बिमा गरिदिने भएको छ। हस्पिटलले सोमबार पत्रकार सम्मेलन लोपोन्मुख तथा विपन्न समुदायका परिवारलाई बिमा गरिदिने घोषणा गरेको हो। हस्पिटलका कार्यकारी निर्देशक दुर्गा प्रसाईँले हुने खानेले मात्र स्वास्थ्य बिमाको सेवा लिन हस्पिटल आउने गरे पनि विपन्न समुदायका सदस्यलाई पनि सरकारले दिएको उक्त सेवाबाट भएको बताए। ’बिमा नहुँदा उनीहरू […]
झापा गाउँपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत १५२ छात्रालाई निःशुल्क साइकल वितरण गरेको छ। गाउँपालिकाले हिजो एक कार्यक्रम गरी तीनवटा सामुदायिक विद्यालयका छात्राहरुलाई साइकल वितरण गरेको हो। भारतीय सीमा नाकासँग जोडिएको गाउँपालिकाभित्र आदिवासी, मुस्लिम, पिछडिएका, विपन्न र अल्पसंख्यक विद्यार्थीहरूको बाहुल्यता रहेको छ। उनीहरू शिक्षाको पहुँचबाट टाढा रहेकाले शिक्षा सुधार कार्यक्रमअनुसार गाउँपालिकाले कक्षा ९ मा अध्ययनरत छात्रालाई साइकल […]
मन्त्रिपरिषद्को बैठकले तत्काल शैक्षिक संस्था बन्द नगर्ने निर्णय गरेको छ । हिजो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले तत्काल शैक्षिक संस्था बन्द नगर्ने र संक्रमण फैलन नदिन सचेताना अपनाउने निर्णय गरेको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले दोस्रो चरणको कोरोना महामारी रोक्नका लागि तीन साताका लागि विद्यालय बन्द गर्न मन्त्रिपरिषद्लाई सिफारिस गरे को थियो । […]
प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्षको अवसरमा देशको नाममा सम्बोधन गर्ने तयारी गर्नुभएको छ । प्रधानमन्त्री ओलीले भोलि बिहान ८ बजे सम्बोधन गर्ने तयारी भएको सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री पार्वत गुरुङले जानकारी दिए । ‘नयाँ वर्षको शुभकामना दिने गरी प्रधानमन्त्रीले सम्बोधन गर्दै हुनुहुन्छ’, उनले भने ।
नयाँ सत्ता समीकरणका विषयमा स्पष्ट धारणा बनाउन नसकिरहेको जनता समाजवादी पार्टी (जसपा) ले अहिले भने आफ्नै नेतृत्वमा नयाँ सरकार गठनको कसरत अगाडि बढाएको छ । नयाँ सरकार गठनका विषयमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग छलफलमा सहभागी भइसकेको जसपाले अहिले भने आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने विषयमा छलफल अगाडि बढाएको छ । दुई दिनसम्म चलेको […]
स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले अहिलेकै अवस्थामा कोरोना संक्रमण बृद्धि भएमा असारसम्म ६ लाख संक्रमित पुग्ने अवस्था आउने प्रक्षेपण मन्त्रालयले गरेको जानकारी दिए। उनले भने ‘हाम्रोमा नयाँ भेरिएन्ट समेत समुदायमा पुगिसकेको छ र भारतबाट आउने मानिसको संख्या पनि बढ्दै गएको छ। जसले गर्दा असार सम्ममा दैनिक ११ हजार सम्म संक्रमित देखिन सक्ने हाम्रो अनुमान […]
नेपाली कांग्रेसको कोरोना भाइरस महामारी रोकथाम तथा नियन्त्रणका लागि लकडाउनबाहेकका अरु विकल्प खोज्न सरकारलाई आग्रह गरेको छ । कांग्रेसको कोभिड–१९ अनुगमन समितिले आज विज्ञप्ति जारी गरी देशले लकडाउन धान्न नसक्ने भन्दै महामारी नियन्त्रणका लागि अरु उपाय अवलम्बन गर्न आग्रह गरेको छ । ‘यस परिस्थितिमा हरेक व्यक्तिले मास्क अनिवार्य लगाउने र भौतिक दुरीमा जोड दिने व्यवस्थालाई […]
भारतमा पछिल्लो २४ घण्टामा एक लाख ६८ हजार ९१२ नयाँ संक्रमित थपिएका छन् । एकैदिन कोरोना संक्रमण पुष्टि हुनेको यो संख्या अहिलेसम्मकै धेरै हो । भारतको स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार उक्त अवधिमा थप ९०४ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ । यससँगै भारतमा समग्रमा कोरोनाबाट संक्रमित हुनेको संख्या एक करोड ३५ लाख नाघेको छ । […]
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालालेआज नेपाल प्रेस युनियन कास्कीले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता कोइरालाले देश विषम परिस्थितिमा पुगेकाले कांग्रेसले टुलुटुलु हेरेर नबसी तत्कालै निकासका लागि पहल गर्नुपर्नेमा जोड दिए । उनले तत्कालै नयाँ सरकार गठनसँगै पार्टीको महाधिवेशन तोकिएकै मितिमा सम्पन्न गर्न र आगामी मंसिरमा वा चैतमा आम निर्वाचन गर्ने गरी […]
नेकपा एमालेकाअध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठक बोलाएका छन् । प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले वैशाख ६ गते ११ बजे बालुवाटारमा बैठक बोलाउनुभएको छ । अध्यक्ष ओलीको मन्तव्य, राजनीतिक प्रतिवेदन पेस, कार्यविभाजन, केही संगठनात्मक प्रस्ताव, उपनिर्वाचन तयारी, समसामयिक प्रस्तावमाथि छलफल गर्न बैठक बोलाइएको जनाइएको छ । बैठकले पार्टीको महाधिवेशनका विषयमा निर्णय गर्ने बागमती प्रदेश […]