सरकारले भाइटीकाको भोलिपल्ट किजा पूजाको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को गएको २४ गतेको बैठकले किजा पूजाको अवसरमा मङ्सिर २ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो । गृह मन्त्रालयले बुधबार एक विज्ञप्ति निकालेर किजा पूजाका लागि सार्वजनिक बिदा दिइएकाले यो दिन सरकारी कार्यालय, सार्वजनिक निकाय, सङ्घ–संस्था र शिक्षण संस्थामा बिदा हुने […]
टि २० क्रिकेट लिगमा सर्वाधिक चर्चित प्रतियोगिता इण्डियन प्रिमियर लिग (आइपिएल) आजदेखि सुरु हुँदैछ । कोरोना माहामारीका कारण यस बर्षको आइपिएल युएईमा हुँदैछ । आज हुने उद्घाटन खेलमा गत सिजनको साबिक विजेता मुम्बई इण्डियन्स र चेन्नई सुपर किङग्स खेल्दै छन् । खेल नेपाली समय अनुसार साँझ ७ बजेर ४५ मिनेटमा सुरु हुने छ । हाल […]
पछिल्लो २४ घण्टामा १२४६ जनामा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ११ हजार १४४ नमुना परीक्षण गर्दा ४०२ महिला र ८४४ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या ५० हजार ४६५ पुगेको छ । देशभरका प्रयोगशालामा ११ हजार १४४ नमुना परीक्षण गर्दा ४०२ महिला र ८४४ पुरुषमा […]
सरकारले प्रत्येक पालिकामा कम्तिमा पाँच शैयाको कोरोना विशेष अस्पताल बनाउन १० लाख रुपैयाँका दरले रकम पठाएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालले ६ सय ४९ वटा पालिकामा १० लाख रुपैयाँका दरले रकम पठाइसकेकाले छिटो भन्दा छिटो अस्पताल सञ्चालनको व्यवस्था मिलाउन सबै पालिकालाई पत्राचार गरेको छ । सरकारले प्रतिबेड दुई लाख रुपैयाँका दरले प्रत्येक […]
झापाको झिलझिलेमा मृत फेला परेका गोमनसिंह मगरको आफ्नै साथीले घाँटी रेटेर हत्या गरेको खुलेको छ । २८ वर्षीय मगरको गत भदौ १६ गते घाँटी रेटेर हत्या गरिएको थियो । अनुसंधानका क्रममा पक्राउ परेका मनकुमार लिम्बुले हत्या गरेको स्वीकार गरेका छन् । लिम्बुलाई पक्राउ गरी थप अनुसंधान भईरहेको प्रहरीले जनाएको छ । हत्यापछि मगरको शब सडक […]
लगातारको लकडाउनका कारण विपन्न परिवारको जीवन निर्वाहमा समस्या भएको भन्दै झापाको दमकमा पनि क्लब हिमालयन टाइगर नामको संस्थाले फुड बैंक सञ्चालनमा ल्याएको छ। क्लबले विभिन्न खाद्य लगायतका दैनिक उपभोग्य सामग्री नगरका विभिन्न स्थानमा पुगेर वितरण गर्दै आएको छ। गत भदौ ११ गते सुरु भएको फुड बैंकलाई मोबाइल बैंकका रुपमा विभिन्न स्थानमा लैजाने गरिएको क्लबका महासचिव […]
नौ महिना अघि चीनबाट शुरु भएको भाइरसले विश्वका साढे दुई करोड भन्दा धेरैमा सङ्क्रमण हुनुको साथै आठ लाख ४७ हजार भन्दा धेरैको ज्यान गइसक्दा पनि सही ज्ञानको अभावमा सङ्क्रमण फैलिरहेको उनीहरुले बताएका छन् । सत्य जानकारी भन्दा भ्रम बढी फैलिएकोले पनि आम मानिसमा सहि ज्ञान नहुँदा समस्या थपिदो छ । कतिपय कुराहरु पहिले भनिएका […]
सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिबारे कुनै प्रक्रिया अघि नबढेको जनाएको छ। सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नै पुनः नियुक्ति गर्ने प्रस्ताव नै अघि नबढेको बताएका छन्। मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आज सञ्चार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो जानकारी दिएका […]
देशभर कोरोना सङ्क्रमितको सङ्ख्या ३३ हजार पाँच सय ३३ पुगेको छ । गएको २४ घण्टामा आठ सय ५५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ११ हजार तीन सय २७ जनाको पीसीआर विधिमार्फत कोरोना परीक्षण गर्दा आठ सय ५५ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ । यस्तै […]
सुनसरी जिल्ला प्रहरी कार्यालय अन्तर्गतका विभिन्न स्थानको प्रहरी कार्यालयहरूमा रहेका २१ थुनुवा सहित आज सुनसरीमा ३१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । आज थपिएका थुनुवाहरू कोसी गाउँपालिकाका ५, देवानगञ्ज गाउँपालिकाका ३, गढी गाउँपालिकाका १, इटहरी उपमहानगरका २, भोक्राहाका ६, इनरुवाका १ र बराहाक्षेत्र नगरपालिकाका ३ गरी २१ जना थुनुवा रहेको स्वास्थ्य कार्यालय सुनसरीका कोभिड […]