भारतले नेपाललाई अनुदानमा उपलब्ध गराउने कोरोना विरुद्धको खोप यो हप्ता भित्रै नेपाल आइपुग्ने भएको छ । खोप ल्याउने बारे थप जानकारी दिन आज दिउँसो स्वास्थ्य मन्त्री हृदयश त्रिपाठी तथा भारतीय राजदूत विनयमोहन क्वात्राले संयुक्त रुपमा पत्रकार सम्मेलन गर्ने स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समिर अधिकारीले जानकारी दिनुभयो । पत्रकार सम्मेलनमा नै भारतबाट ल्याउने खोपको मात्रा र समय […]
प्रतिनिधि सभा विघटनको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा आजदेखि निरन्तर सुनुवाइ सुरू भएको छ। बहसमा रिट निवेदकका वकिलहरूले संसद विघटनसम्बन्धी संविधान सभामा भएको छलफलको रेकर्ड मगाउन माग गरेका छन्। बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले इजलाससमक्ष सो माग गरेका हुन्। त्रिपाठीको मागमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले भने ( यो कुरा पहिला नै आएको छ, हाम्रो नोटमा छ। आवश्यक […]
घरायसी विवादमा ईलामको देउमाई नगरपालिका ८ आमबोटेका ३३ बर्षीय सुवास राईले श्रीमतिको हत्या गरेका छन् । उनलाई प्रहरीले २७ बर्षीया श्रीमति नम्रता राईको हत्या गरेको आरोपमा पक्राउ गरेको छ । प्रहरीका अनुसार आज बिहान साँढे ५ बजे सामान्य घरायसी वादविवादमा उनले श्रीमतिलाई खुकुरीले घाँटीमा प्रहार गरी हत्या गरेका थिए । घटनाबारे खबर पाएपछि प्रहरी चौकी […]
प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि प्रदेश १ ले उचालेको छ । आज भएको फाइनलमा डिफेन्डिङ च्याम्पियन विभागीय टोली एपीएफलाई ६ रनले पराजित गर्दै प्रदेश १ ले पहिलोपटक उपाधि उचालेको हो । प्रदेश १ ले दिएको १०६ रनको लक्ष्य पछ्याएको एपीएफले निर्धारित २० ओभरमा पुरै ओभर खेल्दै ७ विकेट गुमाएर ९९ रन मात्र बनाउन […]
मुख्यमन्त्री तथा नेकपा संसदीय दलका नेता शेरधन राईले नेकपा संसदीय दलको विधान विपरीत आफूविरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने थप एकजना प्रदेशसभा सदस्यलाई हिजो निलम्बन गरेका छन् । राईले नेकपा दाहाल–नेपाल समूहका प्रदेशसभा सदस्य उपेन्द्र घिमिरेलाई निलम्बन गरेका हुन् । मुख्यमन्त्री राई समर्थक नेकपाको प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले घिमिरेलाई निलम्बन गरेको बोधार्थ प्रदेशसभामा शुक्रबार दर्ता गराएका […]
नेपाल कम्युनिष्ट पार्टी नेकपा इलामको तेश्रो पुर्ण बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ । जिल्ला कमिटीका बहुमत सदस्यहरु उपस्थित रहेको बैठकले पार्टी कमिटी परिचालन तथा संर्घष कार्यक्रम संयोजकको रुपमा भक्त केसीलाई जिम्मेवारी दिएको छ । केसीले पार्टी परिचालनका साथै प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमका विरुद्ध हुने कार्यक्रयको संयोजना गर्नेछन् । कार्यालय व्यवस्थापन समितीमा […]
मोरङको उर्लाबारी नगरपालिका ९ बाट जुवा तास खेल्ने सात जनालाई प्रहरीले पक्राउ गरेको छ । जुवा तास खेलिरहेको जानकारीका आधारमा इलाका प्रहरी कार्यालय उर्लाबारीबाट गएको प्रहरी टोलीले ३ लाख २५ हजार १५५ नगदसहित ७ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा उर्लाबारीका बाबुराम कार्की, डम्बरबहादुर लिम्बु, विमल डाँगी, दिवान मगर, गोविन्द पुरी र विष्णु राउत […]
नेपाल राष्ट्र बैंकले कोभिड(१९ को प्रभावमा परेका क्षेत्रलाई पुनः उत्थानका लागि कर्जा प्रवाह गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । राष्ट्र बैंकले आज ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिँदै मन्त्रिपरिषद्को गएको कात्तिक २७ गतेको निर्णयबाट स्वीकृत भएको कार्यविधिअनुसार कर्जा प्रवाह गर्न भनेको छ । मन्त्रिपरिषद्ले ‘व्यावसायिक निरन्तरता कर्जा […]
महिला हिंसा विरुद्धको १६ दिने अभियान आज सुरु भएको छ । सन् २०३० सम्म जारी रहने सो अभियान हरेक वर्ष नोभेम्बर २५ देखी डिसेम्बर १० सम्म बनाईदै आएको छ । पुरुष तथा महिला बीचमा हुने असमानताको खाडल पुरेर महिलाको जीवनस्तर उकास्ने लक्ष्य सो अभियानले लिएको छ । गत वर्ष मात्र विश्वका २४ करोड ३० लाख […]
शिक्षामन्त्री गिरिराजमणि पोख्रेलले कक्षा १२ को परीक्षा दिन लागेका विद्यार्थीहरुलाई कोरोना सम्बन्धी मापदण्ड सही ढंगले पालना गर्न र ढुक्क भएर परीक्षा दिन अनुरोध गरेका छन् । परीक्षाको पूर्वसन्ध्यामा आज अपिल सार्वजनिक गर्दै मन्त्री पोख्रेलले परीक्षा केन्द्रमा आउँदा–जाँदा र घरमा रहँदा आवश्यक सचेतना अपनाउन अनुरोध गरेका छन् । सही ढंगले मास्क लगाउने, भौतिक दुरी कायम गर्ने, […]