भारतले नेपाललाई अनुदानमा उपलब्ध गराउने कोरोना विरुद्धको खोप यो हप्ता भित्रै नेपाल आइपुग्ने भएको छ । खोप ल्याउने बारे थप जानकारी दिन आज दिउँसो स्वास्थ्य मन्त्री हृदयश त्रिपाठी तथा भारतीय राजदूत विनयमोहन क्वात्राले संयुक्त रुपमा पत्रकार सम्मेलन गर्ने स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समिर अधिकारीले जानकारी दिनुभयो । पत्रकार सम्मेलनमा नै भारतबाट ल्याउने खोपको मात्रा र समय […]
घरायसी विवादमा ईलामको देउमाई नगरपालिका ८ आमबोटेका ३३ बर्षीय सुवास राईले श्रीमतिको हत्या गरेका छन् । उनलाई प्रहरीले २७ बर्षीया श्रीमति नम्रता राईको हत्या गरेको आरोपमा पक्राउ गरेको छ । प्रहरीका अनुसार आज बिहान साँढे ५ बजे सामान्य घरायसी वादविवादमा उनले श्रीमतिलाई खुकुरीले घाँटीमा प्रहार गरी हत्या गरेका थिए । घटनाबारे खबर पाएपछि प्रहरी चौकी […]
मुख्यमन्त्री तथा नेकपा संसदीय दलका नेता शेरधन राईले नेकपा संसदीय दलको विधान विपरीत आफूविरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने थप एकजना प्रदेशसभा सदस्यलाई हिजो निलम्बन गरेका छन् । राईले नेकपा दाहाल–नेपाल समूहका प्रदेशसभा सदस्य उपेन्द्र घिमिरेलाई निलम्बन गरेका हुन् । मुख्यमन्त्री राई समर्थक नेकपाको प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले घिमिरेलाई निलम्बन गरेको बोधार्थ प्रदेशसभामा शुक्रबार दर्ता गराएका […]
नेपाल कम्युनिष्ट पार्टी नेकपा इलामको तेश्रो पुर्ण बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ । जिल्ला कमिटीका बहुमत सदस्यहरु उपस्थित रहेको बैठकले पार्टी कमिटी परिचालन तथा संर्घष कार्यक्रम संयोजकको रुपमा भक्त केसीलाई जिम्मेवारी दिएको छ । केसीले पार्टी परिचालनका साथै प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमका विरुद्ध हुने कार्यक्रयको संयोजना गर्नेछन् । कार्यालय व्यवस्थापन समितीमा […]
मोरङको उर्लाबारी नगरपालिका ९ बाट जुवा तास खेल्ने सात जनालाई प्रहरीले पक्राउ गरेको छ । जुवा तास खेलिरहेको जानकारीका आधारमा इलाका प्रहरी कार्यालय उर्लाबारीबाट गएको प्रहरी टोलीले ३ लाख २५ हजार १५५ नगदसहित ७ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा उर्लाबारीका बाबुराम कार्की, डम्बरबहादुर लिम्बु, विमल डाँगी, दिवान मगर, गोविन्द पुरी र विष्णु राउत […]
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले तत्काल संसद अधिवेशन बोलाउन माग गरेका छन् । संसद बैठक बस्न नसक्दा जनप्रतिनिधिहरुले जनताका समस्या सरकारसमक्ष पुर्याउन नसकेको उनको भनाइ छ । काठमाडौंको नागार्जुनमा एक कार्यक्रमलाई आज बिहान सम्बोधन गर्दै नेता सिंहले चाँडै संसद अधिवेशन आह्वान गर्न सरकारसँग माग गरे । ‘बजेट सेसन अपर्झट, विधि प्रक्रिया पूरा नगरिकन स्थगित गरियो,’ […]
नेपाल राष्ट्र बैंकले कोभिड(१९ को प्रभावमा परेका क्षेत्रलाई पुनः उत्थानका लागि कर्जा प्रवाह गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । राष्ट्र बैंकले आज ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिँदै मन्त्रिपरिषद्को गएको कात्तिक २७ गतेको निर्णयबाट स्वीकृत भएको कार्यविधिअनुसार कर्जा प्रवाह गर्न भनेको छ । मन्त्रिपरिषद्ले ‘व्यावसायिक निरन्तरता कर्जा […]
महिला हिंसा विरुद्धको १६ दिने अभियान आज सुरु भएको छ । सन् २०३० सम्म जारी रहने सो अभियान हरेक वर्ष नोभेम्बर २५ देखी डिसेम्बर १० सम्म बनाईदै आएको छ । पुरुष तथा महिला बीचमा हुने असमानताको खाडल पुरेर महिलाको जीवनस्तर उकास्ने लक्ष्य सो अभियानले लिएको छ । गत वर्ष मात्र विश्वका २४ करोड ३० लाख […]
शिक्षामन्त्री गिरिराजमणि पोख्रेलले कक्षा १२ को परीक्षा दिन लागेका विद्यार्थीहरुलाई कोरोना सम्बन्धी मापदण्ड सही ढंगले पालना गर्न र ढुक्क भएर परीक्षा दिन अनुरोध गरेका छन् । परीक्षाको पूर्वसन्ध्यामा आज अपिल सार्वजनिक गर्दै मन्त्री पोख्रेलले परीक्षा केन्द्रमा आउँदा–जाँदा र घरमा रहँदा आवश्यक सचेतना अपनाउन अनुरोध गरेका छन् । सही ढंगले मास्क लगाउने, भौतिक दुरी कायम गर्ने, […]
कोरोना भाइरस सङ्क्रमणका कारण सिरहामा जनस्वास्थ्य अधिकृतको मृत्यु भएको छ । सिरहाको कल्याणपुर नगरपालिकाका स्वास्थ्य शाखा संयोजक ५० वर्षीय गौरीशङ्कर देवको उपचारका क्रममा विराटनगरस्थित नोबेल मेडिकल कलेजमा मृत्यु भएको हो । सप्तरीको राजविराज नगरपालिका–२ निवासी जनस्वास्थ्य अधिकृत देवलाई करीब दुई साताअघि कोरोना पुष्टि भएपछि उपचारका लागि विराटनगरस्थित नोबेल अस्पतालमा भर्ना गरिएको थियो ।