धरानमा पुर्व मेयर, उपमेयर, जनप्रतिधिधि र नगरपालिकाका कर्मचारीहरुको सम्पत्ती छानविन गर्न माग गर्दै जुलुस निस्किएको छ ।
धरान १८ बाट सुरु भएको जुलुस रागाचौक, चतरालाईन हुदै धरान उपमहानगरपालिकामा पुगेर ज्ञापन पत्र बुझाएको छ । नारा जुलुस सहित पुगेको समुहले मेयर हर्क साम्पाङलाई बुदागत उल्लेख गरिएको माग सहित ज्ञापन पत्र बुझाईएको हो ।
ज्ञापनपत्रमा पुर्व मेयर मनोज मेन्याङ्बो, तिलक राई र मञ्जु भण्डारी सुबेदी, १७ नम्वर वडाध्यक्षहरु धरान १७ का मनोज भट्टराई, १८ का नरेन्द्र राई प्रविन, धरान १९ का धनबहादुर लिम्वु, १५ का नरेश इङ्वाराम, धरान १० का विवेक राई लगायतका वडाध्यक्षहरुको सम्पत्ती छानविन गर्न माग गरिएको छ भने धरान उपमहानगरपालिकाका कर्मचारीहरु गणेश खतिवडा, खगेन्द्र खतिवडा, सुरज श्रेष्ठ लगायतको पनि सम्पन्त्ती छानविन गर्न माग गरिएको छ ।
ज्ञापन पत्र बुझ्दै मेयर हर्क साम्पाङले आफुले एक पैसा भ्रष्टचार गरेको भेट्टाए भानुचौकको रेलिङमा लगेर बाधेर कालो मोसो दलेर जुत्तै जुत्ताले हान्न आग्रह गर्नुभयो । त्यस्तो भए आफुले प्रमाण पुगेको तीन दिनमा धराननै छाडेर जाने समेत बताउनुभयो ।