२१ चैत्र २०७९, मंगलवार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा पार्किङ भाडा महँगो भएको भन्दै ट्याक्सी चालकले विमानस्थल क्षेत्रमा सेवा बन्द गरेका छन् ।उनीहरुले शुल्क घटाई पार्किङका लागि सहज वातावरण बनाउनु पर्ने माग राखेका छन् । आफ्नो माग पूरा नभएसम्म आन्दोलनलाई निरन्तरता दिने उनीहरुले बताएका छन् ।त्रिभुवन विमानस्थल क्षेत्रमा पहिले पार्किङ शुल्क बापत प्रतिघण्टा २० रुपैयाँ लिँदै आएकोमा ८० रुपैयाँ पुर्याइएको उनीहरूको गुनासो छ ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको नेतृत्वमा ट्याक्सी चालकले विमानस्थलबाट सेवा बन्द गरेका हुन् ।दिउँसो ३ बजेसम्म सेवा रोकेर शान्तिपूर्वक आन्दोलन थालेको ट्याक्सी व्यवसायीले बताएका छन् ।

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट