१३ चैत्र २०७९, सोमबार

सरकारमा सहभागी हुने तयारीमा रहेको नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।
बैठक चैत १४ गते बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको हो ।
बैठकमा सरकारमा सहभागिता लगायतका विषयमा छलफल हुने नेपाली कांग्रेसले जनाएको छ । सरकारमा मन्त्रीको रुपमा सहभागी हुने नेताहरुको नाम कांग्रेसले लगभग टुंगो लगाइसकेको छ । केन्द्रीय कार्यसम्पादन समितिको बैठकले त्यसलाई औपचारिकता दिने बताइएको छ ।

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट