भारतको तरकारी भित्र्याएर सरकारले आफूमाथि अन्याय गरेको बताउँदै आफूले उत्पादन गरेको तरकारी नबिकेपछि चितवनका किसानले सडकमा फ्याँकेका छन् । उत्पादनले बजार नपाएको भन्दै चितवनका किसानले सडकमा तरकारी फालेका हुन् ।आफूले हरेक दुःख झेलेर उत्पादन गरेका टमाटर, फर्सी, बन्दा, काउली, घिउसिमीलगायतका तरकारी बिक्री नभएपछि किसानहरुले आज नारायणगढको पुल्चोकमा विरोधस्वरूप पोखेका हुन् ।नारायणघाटको पुल्चोकमा तरकारी फालेर उनीहरूले सरकारको ध्यानाकर्षण गराएका हुन् । बारीमै कुहिने अवस्थामा पुग्दा पनि बजारीकरणको लागि सरकारले कुनै पहल नगरेको उनीहरूको आरोप छ ।चितवनसहित देशैभर नेपाली किसानले उत्पादन गरेका तरकारी नबिक्दा भारतबाट भने सहज रूपमा तरकारी नेपाल भित्रिएको किसान संघर्ष समितिका संयोजकले बताए ।