२० माघ २०७९, शुक्रबार

नेपाल वायुसेवा निगमले यात्रुहरुको सहजताका लागि हाललाई ई–सेवाबाट पूर्णरुपमा सर्वसुलभ हुने गरी आन्तरिक र अन्तर्राष्ट्रिय हवाई टिकट काट्न सक्ने प्रबन्ध गरेको छ’, निगमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।नेपाल वायु सेवा निगम ९नेपाल एयरलाइन्स० ले आन्तरिक उडानको टिकटलाई पूर्ण रूपमा अनलाइन प्रणालीमा जोडेको छ।एयरलाइन्सले यात्रुको सहजताका लागि इ–सेवाबाट अनलाइन टिकट लिने पाउने व्यवस्था गरेको हो।

एयरलाइन्सले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै निगमले दुर्गम÷विकट क्षेत्रका जनतालाई आन्तरिक उडान सेवा प्रवाहको प्राथमिकतामा राख्दै पर्यटकीय क्षेत्र लक्षित सेवा विस्तारको तयारी समेत गरेको बताएको छ।
केही साताअघि संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले निगमको टिकट वितरणलाई अनलाइन बनाउन निर्देशन दिएका थिए।
मन्त्री किरातीको निर्देशनपछि निगमले यो व्यवस्थालाई कार्यान्वयनमा ल्याएको हो।
निगमले आगामी दिनमा अन्य वालेट तथा वेवसाइटमार्फत् पनि टिकट काट्ने व्यवस्था मिलाइने बताएको छ । निगमले दुर्गमरविकट क्षेत्रका जनतालाई आन्तरिक उडान सेवा प्रवाहको प्राथमिकतामा राखेको बताएको छ ।आन्तरिकतर्फ उडान हुने विमानको उपलब्ध सिट संख्या १९ भए पनि विमानको यात्रु बोक्ने क्षमतामा उडान गन्तव्यको मौसम, इन्धनको उपलब्धता, विमानको प्राविधिक क्षमता लगायतका विविध कारणहरुले प्रभाव पार्ने हुँदा बिक्री गर्न सकिने सिट संख्यामा स्वतः परिवर्तन हुने जानकारी गराइन्छ, जारी विज्ञप्तिमा भनिएको छ ।

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट