अनधिकृतरुपमा व्यक्तिको बैंक खातासम्म ‘नेपाली गर्ल’ नामक एपमार्फत पहुँच राखेर रकम चोर्ने कार्यमा संलग्न ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले ८ जनालाई पक्राउ गरेको हो ।ललितपुरको सातदोबाटो बस्ने हरि प्रसाद ढकालको नाममा रहेको एनआईसी एसिया बैंकको खाताबाट गत मंसिर २५ गते रकम चोरी भएको छ । बैंकका रहेको खाताबाट संचालन गरेको मोबाइल वैंकिङ च्यानल ह्याक गरी २५ गते बेलुका ७ देखि २६ गते बिहान १ बजे सम्म रकम निकालिएको उजुरी प्रहरीमा परेको थियो खाताको रकम निकाली हिनामिना गर्ने गरेको पाइएको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपीले जानकारी दिए ।
उनीहरुलाई मकवानपुर र काठमाडौँ जिल्लाबाट पक्राउ गरेर उच्च अदालत पाटनबाट वैंकिङ कसुर मुद्दामा म्याद थप गरी थप अनुसन्धान उनले बताए ।
पक्राउ पर्नेमा भारतीय नागरिक अवधेश कुमारसहित सप्तरीका दिलिप कुमार चौधरी, पर्साका नगेन्द्र साह कानु, रौतहटकी रविना चौधरी, बाराका सन्तोष कुँवर, पर्साका साहिल परबेज, राजु पटेल र शिवशंकर राउत रहेका छन् ।
उनीहरुको साथबाट विभिन्न कम्पनीको मोबाईल थान, ल्यापटप र एटीएम कार्ड बरामद भएको छ ।