३१ असार २०७९, शुक्रबार

उपसभामुखको निर्वाचन आज शुक्रबारका लागि तोकिएको छ ।
प्रतिनिधिसभा उपसभामुखमा सत्ता गठबन्धनबाट कांग्रेस सांसद पुष्पा भुसालले र एमालेबाट विद्या भट्टराईले उम्मेदवारी दर्ता गराएकी छन् ।
भुसालको प्रस्तावमा नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक देवप्रसाद गुरूङ रहेका छन् भने नेकपा (एकीकृत समाजवादी) की लक्ष्मीकुमारी चौधरीले समर्थन गरेकी छन् ।
भट्टराईले एमालेकी सचेतक शान्ता चौधरी प्रस्तावक र सांसद कृष्णभक्त पोखरेलको समर्थनमा उपसभामुखमा मनोनयन दर्ता गराएकी हुन् ।
यसअघि एमालेले लोसपाको उम्मेदवारलाई समर्थन गर्ने जनाएको थियो । एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले लोसपाले सांसद चन्दा चौधरीलाई उम्मेदवार बनाउने जानकारी दिएको र उनलाई नै समर्थन गर्ने बताएका थिए ।

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट