नेपालमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मुलुकभर पछिल्लो २४ घण्टामा ३ हजार ६ सय ३४ जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा थप १३ जनामा कोरोना पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ३ सय ७६ जनाको आरटी पीसीआर विधिबाट परीक्षण गर्दा १२ जना र १ हजार २५८ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार १६४ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा मुलुकभर १७ संक्रमित निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेहरुको संख्या ९ लाख ६६ हजार ८२३ पुगेको छ । पछिल्लो २४ घण्टामा पनि कसैको मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।