३ माघ २०७८, सोमबार

प्रदेश १ मा पछिल्लो २४ घण्टामा ६१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सामाजिक विकास मन्त्रालयका अनुसार ८८९ जनाको पीसीआर परीक्षण गर्दा ५२१ र ३८० जनाको एन्टिजेन परीक्षण गर्दा ९६ जनामा संक्रमण देखिएको हो । पीसीआर परीक्षणका आधारमा मोरङमा २२७, सुनसरीमा १२९, झापामा ११६, धनकुटामा ४, इलाम, सोलुखुम्वु र भोजपुरमा २–२, उदयपुरमा १ र प्रदेश १ बाहिरका ३८ जनामा संक्रमण पुष्टि भएको हो ।
मोरङको विराटनगरमा १९१, सुन्दरहरैचामा ९, उर्लाबारीमा ७, बुढीगंगामा ३, मिक्लाजुङ, कटहरी र कानेपोखरी २–२, बेलबारी, रंगेली, रतुवामाई, पथरीशनिश्चरे र लेटाङमा १–१ र स्थानीय तह नखुलेका ६ जना संक्रमित छन् । यस्तै, सुनसरीको धरानमा ८८, इटहरीमा १७, इनरुवा र स्थानीय तह नखुलेका ७–७, रामधुनीमा ३, बराहक्षेत्र र बर्जुमा २–२, गढी, भोक्राहानरसिंह र देवानगञ्ज १–१ जना छन् ।
झापाको विर्तामोडमा ३८, दमकमा १५, कनकाईमा १०, भद्रपुरमा १६, मेचीनगर र बुद्धशान्तिमा ९–९, अर्जुनधारामा ५, शिवसताक्षीमा ४, कमल गाउँपालिकामा ३, बाहृदशी र कचनकवलमा २–२, हल्दिबारी, गौरादह र झापा गाउँपालिकामा १–१ जना छन् भने धनकुटाको धनकुटा नगरपालिकामा ४, इलामको चुलाचुली र मांसेबुङमा १–१, सोलुखुम्वुको सोलुदुधकुण्ड र नेचा सल्यानमा १–१, भोजपुरको भोजपुर नगरपालिकामा २, उदयपुरको त्रियुगामा १ र प्रदेश १ बाहिरका ३८ जनामा संक्रमण भएको मन्त्रालयले जनाएको छ ।

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट