३० पुष २०७८, शुक्रबार

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको मिति ७ दिनभित्र तोक्न राजनीतिक दल र सरकारको ध्यानाकर्षण गराएको छ । आयोगले यसअघि नै सरकारलाई संविधान र कानुनी व्यवस्थाबमोजिम वैशाख १४ र २२ गते स्थानीय निर्वाचन गर्ने प्रस्ताव गरेको थियो । तर, सरकारले मिति तोक्न ढिला गरेको भन्दै आयोगले ७ दिनभित्र मिति नतोके आयोगलाई प्राविधिक, व्यवस्थापकीय एवम् व्यवहारिक दृष्टिले निर्वाचन गर्न कठिन हुने भन्दै आयोगले ध्यानाकर्षण गराएको छ ।
आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलले सर्वदलीय बैठकमार्फत सरकार र राजनीतिक दलहरूलाई माघ पहिलो साताभित्र स्थानीय निर्वाचनको मिति नतोकिएमा प्रस्तावित मितिमा निर्वाचन गर्न आयोगलाई प्राविधिक, व्यवस्थापकीय एवम् व्यवहारिक दृष्टिले कठिन हुनेबारे ध्यानाकर्षण गराइएको जानकारी दिए ।
‘स्थानीय तहको निर्वाचनबाट निर्वाचित पदाधिकारीको ५ वर्षे पदावधि २०७९ साल जेठ ५ गते समाप्त हुन्छ, तर निर्वाचन सम्पन्न गर्न कम्तीमा ५३ क्रियाकलापहरु सम्पन्न गर्नुपर्ने हुन्छ । त्यसका लागि आयोगलाई कानुनतः १२० दिन आवश्यक पर्छ,’ प्रवक्ता पौडेलले विज्ञप्तिमार्फत भनेका छन् ।

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट