२९ पुष २०७८, बिहीबार

पाँचथर प्रहरीले १ सय ५३ थान सखुवाका काठसहति २ जनालाई पक्राउ गरेको छ ।
याङनामबाट फिदिमतर्फ ल्याइँदै गरेको उक्त काठ अवैध रहेको भन्दै प्रहरीले धनजित राई र बिनय लावतीलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरूले काठ ढुवानीका लागि प्रयोग गरेको मे १ त ३६३३ नम्बरको ट्याक्टरसमेत प्रहरीले नियन्त्रणमा लिएको छ । फिदिम ३ लालीखर्क घर भएका ३० वर्षीय राई ट्याक्टरका चालक हुन् भने कुम्मायक गाउँपालिका २ यासोकका १९ वर्षीय बिनय लावती सहचालक हुन् ।
उनीहरुलाई हिजो राति पक्राउ गरिएको प्रहरीले जनाएको छ । नियन्त्रणमा लिइएको काठसँगै ट्याक्टर चालक र सहचालकलाई प्रहरीले डिभिजन वन कार्यालयमा बुझाएको छ ।

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट