२९ पुष २०७८, बिहीबार

संक्रमण पुगेको ७५ मध्ये नौ जिल्ला उच्च जोखिममा छन् । स्वास्थ्य मन्त्रालयका अनुसार मोरङ, सुनसरी, काठमाडौं, चितवन, भक्तपुर, ललितपुर, कास्की, बाँके र कैलालीमा सक्रिय संक्रमितको संख्या दुई सयभन्दा बढी छन् । यी जिल्लामा संक्रमण फैलिने दर पनि बढी छ ।
विश्वस्तरमा नयाँ भेरियन्ट ओमिक्रोन देखिएसँगै नेपालमा पनि संक्रमण दिनहुँ बढ्दो छ । अहिलेसम्म नेपालमा २७ जनामा ओमिक्रोन पुष्टि भएको छ ।
यसैबीच सरकारले कोरोना फैलिएपछि मौज्दात खोपलाई जतिसक्दो चाँडो प्रयोगमा ल्याउन अभियान सुरु गरेको छ । थप मात्रा रोकेर स्वास्थ्य मन्त्रालयले पहिलो मात्रा नपाएकालाई दिने बताएको छ । एक करोड दुई लाख ६० हजार नौ सय ७० मात्रा मौज्दात रहेको छ । हाल एक लाख ५० हजारदेखि २ लाखसम्मले दैनिक खोप लगाइरहेका छन् ।

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट