२८ पुष २०७८, बुधबार

विगत एक सातादेखि नेपालमा कोरोना संक्रमण पुष्टि हुने क्रम बढन थालेको छ । पछिल्लो २४ घण्टामा मात्र नेपालमा थप तीन हजार ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी–पीसीआर र एन्टिजेन विधिबाट १३ हजार ३६ वटा नमुना परीक्षण गर्दा ३ हजार ७५ मा कोरोना संक्रमण पुष्टि भएको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा मुलुकभर कोरोना संक्रमणका कारण थप २ जनाको मृत्यु भएको छ, भने २७८ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् ।
देशभर सक्रिय संक्रमितको संख्या ११ हजार ६९० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट