२४ मंसिर २०७८, शुक्रबार

पूर्वपश्चिम राजमार्गको सिराहा खण्डको छेउमा एक नवजात शिशु वेवारिसे अवस्थामा फेला परेका छन् ।
धनगढीमाई नगरपालिका–१० जिरोमाईल चोकदेखि करिब ३ सय मिटर दक्षिण सडक छेउमा बिहीबार राति नवजात शिशु रोइरहेको अवस्थामा फेला परेका हुन् । बच्चा रोइरहेको अवस्थामा बटुवाले देखेपछि प्रहरीलाई खबर गरी तत्काल नैनपुर अस्पताल पु¥याइएको स्थानीय अरुण यादवले जानकारी दिए ।
शिशुको यसै हप्ता जन्म भएको हुन सक्ने आँकलन गरिएको छ । उनको नालमा लागेको क्लिपको आधारमा बच्चा अस्पतालमा जन्मेको हुनसक्ने आँकलन पनि गरिएको हो । शिशु कपडामा गुटमुट्याएर राखेको अवस्थामा फेला परेका थिए ।
शिशु जिल्ला अस्पताल सिरहामा राखिएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी सुवास बुढाथोकीले जानकारी दिए ।

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट