पछिल्लो २४ घण्टामा थप तीन सय १५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २४ घण्टामा ११ हजार आठ सय १० जनाको नमुना परीक्षण गरिएको थियो । योसँगै अहिले सक्रिय सङ्क्रमित सङ्ख्या नेपालमा ६ हजार ३५२ पुगेको छ ।
यस्तै थप ३ सय ४ जना कोरोनाबाट संक्रमणमुक्त बनेका छन् । योसँगै निको हुनेको सङ्ख्या ८ लाख पाँच हजार दुई सय पाँच पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट थप दुई जनाको ज्यान गएको छ । योसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार पाँच सय ४५ पुगेको छ ।