२० मंसिर २०७८, सोमबार

नेपाली कांग्रेसको १४ औ महाधिवेशन अन्तर्गतको प्रदेश १ को निर्वाचनमा पराजित गुरुराज घिमिरेले पुनः मतगणना गर्न माग गरेका छन्।
आज (सोमबार) बिहान आएको अन्तिम मत परिणाममा उनी २ मतको मतान्तरले उद्वव थापासँग पराजित भएका थिए। उनी पार्टी वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट हुन्।
उनले पुनः मतगणनाका लागि केन्द्रीय निर्वाचन र प्रदेश निर्वाचन समितिमा निवेदन दिएका छन्। चित्त बुझ्दो मतपरिणाम नआए पछि पुनः मतगणना माग गरेको घिमिरेले बताए।
थापाले आठ सय ४४ मत ल्याएर कांग्रेस प्रदेश १ को सभापतिमा विजयी भए भने घिमिरेले आठ सय ४२ मत प्राप्त गरेका छन्।
पार्टी नेता कृष्णप्रसाद सिटौला समूहका थापालाई पार्टी अध्यक्ष शेरबहादुर देउवाको समर्थन थियो।

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट