२० मंसिर २०७८, सोमबार

नेपालमा पनि २ जना व्यक्तिमा ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि भएको छ ।
आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकार सम्मेलन गर्दै ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि भएको जानकारी दिएको हो । दक्षिण अर्फिकाबाट आएका दुई जनाको नमुना संकलन गरेर जिन स्विकोन्स गर्दा ओमिक्रोन भेरियन्ट पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिर कुमार अधिकारीले बताए ।
मन्त्रालयका अनुसार ६६ वर्षीय विदेशी नागरिक र उनको सम्पर्कमा आएका ७१ वर्षीय व्यक्तिलाई ओमिक्रोन भेरियन्ट देखिएको हो । संक्रमण पुष्टि भएका दुवैले कोरोना भाइरसविरुद्धको खोपको पूर्ण मात्रा लगाएको र पीसीआर रिपोर्ट नेगेटिभसहित नेपाल भित्रिएका थिए । हाल दुवै जना अस्पतालको आइसोलेसन कक्षमा रहेको र गम्भीर लक्षण नरहेको पनि मन्त्रालयले जनाएको छ । दुवैको सम्पर्कमा आएकाहरुको कन्ट्याक ट्रेसिङ पनि गरिएको मन्त्रालयको भनाई छ ।

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट