१७ मंसिर २०७८, शुक्रबार

कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ ९ दिनमा ३० देशमा फैलिइसकेको छ ।
दक्षिण अफ्रिकाबाट सुरु भएको ‘ओमिक्रोन’ अमेरिका हुँदै छिमेकी राष्ट्र भारतमा समेत फैलिइसकेको छ ।
विहीबार (हिजो) मात्रै भारतको कर्नाटकमा कोरोनाको ‘ओमिक्रोन’ संक्रमितहरुफेला परेका थिए । अनुसन्धानकर्ताहरुका अनुसार ओमिक्रोनको फैलावट डेल्टा भेरियन्ट भन्दा कयौं गुणा बढी रहेको छ ।
डेल्टा भेरियन्टकै कारण भारत र नेपाललगायतका देशहरुमा कोरोनाको दोस्रो लहर आएको थियो । सबै भन्दा पहिलो दक्षिण अफ्रिका र बोत्सवानामा ‘ओमिक्रोन’को पहिलो केस भेटिएको थियो ।

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट