१७ मंसिर २०७८, शुक्रबार

मुलुकभर पछिल्लो २४ घण्टामा २ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७ हजार ८३६ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा २ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार ६ हजार ४०० जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा २ सय २३ जना र १ हजार ४३६ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा २३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ९ लाख १७ हजार ७४१ पुगेको छ ।
कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ३ सय ४७ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ८ लाख ०३ हजार ७१६ पुगेको छ ।

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट