१७ मंसिर २०७८, शुक्रबार

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता गराएका उम्मेदवारको नामावली सार्वजनिक गरिएको छ ।
राप्रपा निर्वाचन समितिले उम्मेदवारीको नामावली सार्वजनिक गरेको हो । जसमा अध्यक्ष, उपाध्यक्ष र महामन्त्री गरी १६ जनाको उम्मेदवारी परेको छ । महाधिवेशनमा अध्यक्षसहित ८ जना पदाधिकारीका लागि निर्वाचन हुने भएको हो । अध्यक्षमा कमल थापा र राजेन्द्र लिङ्देन भिड्दै छन् । यस्तै, उपाध्यक्षमा जगतप्रसाद गौचन,रामचन्द्र राय यादव, लिला देवी श्रेष्ठ, विक्रम पाण्डे, रोशन कार्की, ध्रुवबहादुर प्रधान, बुद्धिमान तामाङ र दुर्गादेवी झाले उम्मेदवारी दर्ता गराएका छन् ।
यस्तै, महामन्त्रीका लागि रेखा थापा, डा.धवल शमशेर राणा, श्यामप्रसाद तिमल्सिना, भुवनकुमार पाठक, भस्कर भद्रा र कुन्तीकुमारी शाहीले उम्मेदवारी दर्ता गराएका छन् । राप्रपामा ४ उपाध्यक्ष र ३ महामन्त्री निर्वाचनबाट चयन हुनेछन् भने अरू १ सय ४१ केन्द्रीय सदस्य निर्वाचनबाटै आउने छन् ।
राप्रपाको १४१ सिटका लागि २६४ जनाको उम्मेदवारी दर्ता भएको छ । नयाँ नेतृत्व चयनका लागि भोलि निर्वाचन हुँदैछ ।

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट