९ मंसिर २०७८, बिहीबार

‘घरैबाट सुरु गरौं, महिला हिंसा अन्त्य गरौं’ भन्ने मूल नाराका साथ आजदेखि देशव्यापाी रुपमा लैंगिक हिंसा विरुद्वको १६ दिने अभियान आजदेखि सुरु हुँदैछ ।
७५ प्रतिशत हिंसा घर परिवार र नजिकका आफन्तबाट हुने गरेकाले यस वर्ष ‘घरैबाट शुरु गरौं, महिला हिंसा अन्त्य गरौं’ भन्ने मूल नारा तय गरिएको राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले बताइन् । हिंसामा परेकाहरुको न्याय सुनिश्चित नभएको र घर परिवारसँग सम्बन्ध बिग्रिन्छ भन्ने डरले महिलाहरु हिंसाविरुद्ध उजुरी गर्न समेत नजाने गरेका उनको भनाई छ ।
अभियानको अवधिमा विश्व अपाङ्गता दिवस (३० डिसेम्बर) का दिन अपाङ्गता भएका महिलाहरुको हक अधिकार संरक्षणका विषयमा सरोकारवाला निकायबीच अन्तरक्रिया गर्ने, महिलाविरुद्घ हुने सबै प्रकारका भेदभाव उन्मूलन गर्ने महासन्धी ‘सीड’ तथा अन्य अन्तर्राष्ट्रिय दस्तावेजहरुको कार्यन्वयन सम्बन्धी अन्तक्रिया गर्ने, समाजमा विद्यमान छाउपडी कूप्रथा, बालविवाह, दाइजो लगायत कूप्रथा अन्त्यका लागि कर्णाली, सुदुरपश्चिम प्रदेश तथा मधेश केन्द्रित अन्तरक्रिया कार्यक्रम गर्ने योजना आयोगले बनाएको छ ।
अभियानको अवधिमा विभिन्न गैर सरकारी संस्थाहरुले पनि जनचेतनामूलक कार्यक्रम गर्दैछन् ।

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट