९ कार्तिक २०७८, मंगलवार

इलामको देउमाई नगरपालिकामा एक व्यक्तिले आफ्नै पत्नी र छोरीको टोकेर हत्या गरेका छन् ।
देउमाई–५ बारुङका ३३ वर्षीय कमल भनिने पूर्णचन्द्र तामाङले पत्नी ३४ वर्षीया सीता र छोरी १६ वर्षीया शिक्षाको हत्या गरेको प्रहरीले जनाएको छ । आफू धामी भएको भन्दै चिन्ता बस्ने क्रममा कमलले पत्नी र छोरीको टोकेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख एसपी महेन्द्रकुमार श्रेष्ठले बताए ।
‘रोग निको पार्ने भन्दै पहिला श्रीमतीलाई जथाभावी टोकेपछि मृत्यु भएको देखिन्छ’ श्रेष्ठले भने ‘पछि छोरीलाई समेत टोकेपटि उनको पनि मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट देखिन्छ ।’
छोरी र श्रीमतीको हत्याको बारेमा गाउँलेले थाहा पाएपछि कमललाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको एसपी श्रेष्ठले जानकारी दिए ।

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट