८ कार्तिक २०७८, सोमबार

सर्वोच्च अदालतका न्यायाधीशहरूले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्ने निष्कर्ष निकालेका छन् ।
आज बसेको ‘इजलास बहिष्कार’ गरेका उनीहरूको बैठकले प्रधानन्यायाधीशको राजीनामा माग्ने निष्कर्ष निकालेको हो ।
उनीहरूले अहिले अदालतमा देखिएको समस्या समाधानका लागि भोलि मंगलबार बिहान साढे ११ बजे प्रधानन्यायाधीश जबरालाई भेट्ने निर्णय पनि गरेको एक बैठकमा सहभागी एक न्यायाधीशले बताए ।
आज प्रधानन्यायाधीश राणाले आफूबाहेका सात इजलास तोकेपनि कुनै पनि न्यायाधी इजलासमा नबसेर बेग्लै छलफल गरेका थिए । राणाले न्यायाधीश दीपककुमार कार्की र हरिप्रसाद फुयाँल, मीरा खड्का र कुमार रेग्मी, हरिकृष्ण कार्की र मनोजकुमार शर्मा, विश्वभरप्रसाद श्रेष्ठ र टंकबहादुर मोक्तान, आनन्दमोहन भट्टराई र प्रकाशकुमार ढुङ्गाना, प्रकाशमान सिंह राउत तथा सुष्मालता माथेमा र बमकुमार श्रेष्ठको एकल इजलासमा पेसी तोकेका थिए ।
राणाको विपक्षमा उभिएका १४ न्यायाधीशले आइतबार नै चियापछि इजलासमा तोकेको मुद्दा बहिस्कार गरेका थिए । उक्त निर्णय आज पनि निरन्तर राखेका हुन् ।

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट