८ कार्तिक २०७८, सोमबार

पाँचथरको फिदिममा भएको बस दुर्घटनामा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा परि घटनास्थलमै एक बालक र एक महिलाको मृत्यु भएको थियो । थप उपचारको क्रममा एक बालक र अर्काे एक जना महिलाको पनि मृत्यु भएको छ।
पाँचथरको फिदिमदेखि झापाको दमकचल्ने को १ ख ३८६५ नम्वरको यात्रुवाहक बस निबुखोलाबाट यात्रु लिएर झापा जाने क्रममा फिदिम–४ स्थित मध्य पहाडी लोकमार्गको सगरखण्डेमा आज बिहान ११ बजे दुर्घटना भएको हो ।
४४ सिट क्षमताको उक्त बसमा ६५ यात्रु सवार रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी डम्बर विश्वकर्माले जानकारी दिए । घाइतेमध्ये १५ भन्दा धेरैको अवस्था चिन्ताजनक रहेको छ । बसमा सवार अधिकांश यात्रु कुम्मायक गाउँपालिकाका रहेको प्रहरीले जानकारी दिएको छ ।
सिकिस्त घाइतेलाई झापा र विराटनगरका अस्पतालमा रिफर गरिएको पाँचथर अस्पतालका प्रमुख डाक्टर बुद्धिबहादुर थापाले बताए ।
घाइतेहरुको फिदिमको सर्मर्पित अस्पताल, पाथीभरा अस्पताल र जिल्ला अस्पताल पाँचथरमा उपचार भइरहेको छ ।

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट