७ कार्तिक २०७८, आईतवार

भुस्याहा कुकुरले टोकेर एकै दिन १५ जना घाइते भएपछि दिक्तेल बजारका स्थानीय आतङ्कित भएका छन् ।
शनिबार दिक्तेल बजारका विभिन्न ठाउँमा कुकुरले टोकेर १५ जना घाइते भएपछि घाइते भएकामध्ये १३ जनालाई जिल्ला अस्पतालमा रेविज विरुद्धको खोप लगाइएको छ । दुईजना घाइतेलाई भने थप उपचारका लागि काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पठाइएको जिल्ला अस्पताल खोटाङका प्रमुख चिकित्सक बैभव मल्लिकले बताए ।
दिक्तेल बजारको रत्नपार्क, हाटडाँडा, अस्पताल चोकलगायतका विभिन्न ठाउँमा शनिबार भुस्याहा कुकुरको टोकाइबाट बजारवासी घाइते भएका हुन् । एकै दिन बजारमा भुस्याहा कुकुरको टोकाइबाट यति धेरै घाइते भएको यो नै पहिलो घटना हो । उक्त घटनापछि घाइते र अरु स्थानीयहरुले भुस्याहा कुकुरको नियन्त्रण गर्नुपर्ने माग गरेका छन् ।

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट