७ कार्तिक २०७८, आईतवार

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र नेपाल बार एशोसिएसनका पदाधिकारीकबीचको भेटघाट सकिएको छ ।
प्रधानन्यायाधीश जबरामाथि उठेको प्रश्न तथा न्यायपालिका शुद्धिकरण र सुदृढिकरणका विषयमा छलफल भएको बताइएको छ ।
नेपाल बारका पदाधिकारीले आइतबार ११ बजेदेखि २ बजेसम्म प्रधानन्यायाधीश जबरासँग अहिलेको विवादबारे छलफल गरेका थिए । छलफलका क्रममा विवादका सम्पूर्ण विषय राखिएको बारकी उपाध्यक्ष रक्षा बस्यालले जानकारी दिइन् ।
उपाध्यक्ष बस्यालले प्रधानन्यायाधीशसामू मन्त्रिपरिषद्मा भागबण्डा खोजेको, न्यायालयको सुदृढिकरणको विषयमा पहल नलिएको, पेसी तोक्ने विषयमा रहेका कमजोरी हटाउन नखोजेको लगायतका कुरा राखिएको बताइन् । मन्त्रिपरिषद् र संवैधानिक निकायमा भागबण्डा खोजेको आरोप प्रधानन्यायाधीश जबराले अस्वीकार गरेको बस्यालले बताइन् ।

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट