७ कार्तिक २०७८, आईतवार

पूर्व सांसद तथा सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङमाथि हालसम्म १,१४७ जाहेरी र चार अर्ब ५५ करोड बढी बिगो दाबी गरी प्रहरीमा उजुरीको चाङ लागेको छ । यो क्रम जारी रहेको छ ।
उनीमाथि अनुसन्धान गर्न थप १८ दिन हिरासत राख्ने अनुमति अदालतले दिएको छ । तामाङमाथि संगठित अपराधमा अनुसन्धान भइरहेको केन्द्रीय अनुसन्धान व्यूरोले जानकारी दिएको छ । ठगी र रकम हिनामिनाको आरोपमा तामाङलाई दुई हप्ताअघि सीआईबीले पक्राउ गरेको सीआईबीका प्रवक्ता श्यामकुमार महत्तोले जानकारी दिए । पीडितहरु आफ्नो निक्षेप फिर्ता पाउन विभिन्न निकायमा धाइरहेका छन् । प्रहरीसँग गुहार मागिरहेका छन् । तर आश्वासन बाहेक विश्वास गर्ने आधार पाउन असफल छन् ।
हामीले बागमती प्रदेश कृषि भूमि तथा सहकारी मन्त्रालय अन्तर्गत रहेको सहकारी महाशाखाका रजिष्टार विक्रमप्रसाद पाण्डेले निक्षेपको सुरक्षाका विषयमा जिज्ञासा राख्दा पैसा फिर्ता आउने तर कसरी आउँछ भन्नेमा यकिन नरहेको बताए । तामाङ्गले सहकारीको ७ अर्ब बढी रकम पटक–पटक नियम बिपरित बिना धितो ऋण निकाल्दै आफू अनुकूलको व्यवसायमा लगानी गरेका थिए ।
उक्त सहकारीमा रकम राख्ने निक्षेपकर्ताहरुमध्ये अधिकांश जागिरबाट अवकाश पाइसकेकाहरु छन् ।

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट