५ कार्तिक २०७८, शुक्रबार

सुनसरीको बराहक्षेत्र र भन्टाबारीमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार बराहक्षेत्र नगरपालिका ३ बाङ्गेस्थित भित्री सडक खण्डमा अन टेष्ट कार आफै अनियन्त्रित भई पल्टदा चालकको मृत्यु भएको हो । मृतक कार चालक बराहक्षेत्र नगरपालिका ६ चक्रघट्टीका ४० बर्षीय कृष्ण प्रसाद दाहाल रहेका छन् । उनको हिजो राती पौने ८ बजे कालाबञ्जरदेखि चक्रघटीतर्फ आउँदै गर्दा दुर्घटना भएको थियो । कार आफै अनियन्त्रित भई उक्त सडकको दाहिने तर्फ पैनीमा पल्टदा दाहाल गम्भिर घाईते भएका थिए । उनलाई तत्काल स्थानीय नगर अस्पताल चक्रघटीमा उपचारको लागि लगिएको थियो । अस्पतालमा उपचारको क्रममा नै दाहालको मृत्यु भएको हो । घटनास्थलमा अस्थाई प्रहरी पोष्ट बाङ्गेको टोली खटिएर थप अनुसन्धान भइरहेको छ ।

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट