५ कार्तिक २०७८, शुक्रबार

प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) पास हुने बताएका छन् ।
बाढी प्रभावित क्षेत्रको अवलोकनका लागि धनगढी पुगेका देउवाले शुक्रबार बिहान त्यहाँ भएको पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् । बैशाखमा अर्ली इलेक्सनको बहस चलिरहेको बेला प्रधानमन्त्री देउवाले त्यसबारे सत्ता गठबन्धनका नेताहरुसँग परामर्श गर्ने बताएका छन् । कैलालीको धनगढीमा आज आयोजित पत्रकार सम्मेलनमा देउवाले आफू एक्लैले भनेर नहुने भन्दै यसबारे सत्ता गठबन्धनसँग छलफल गर्ने बताएका हुन् । पत्रकारहरुहरुले अर्ली इलेक्सनको सम्भावनाबारे सोधेको जिज्ञासामा प्रधानमन्त्री देउवाले भने, ‘गठबन्धनको सरकार छ, मैले एक्लैले भनेर हुँदैन, गठबन्धनले जे भन्छ, त्यही हुन्छ ।’ नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेललगायतका केही नेताहरुले पहिले बैशाखमा संघको निर्वाचन गरेर मंसिरमा स्थानीय तह र प्रदेशको निर्वाचन गराउनुपर्ने मत राख्दै आएका छन् । कांग्रेसका कतिपय नेताहरुले १४ औं महाधिवेशन सम्पन्न गरेलगत्तै ताजा जनादेशका लागि बैशाखमा संघको निर्वाचन गर्नुपर्ने आवाज उठाउने गरेका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि केही दिन अगाडि अर्ली इलेक्सनको कुरा गरेका थिए । अर्ली इलेक्सनको बहस चले पनि बैशाख अघि स्थानीय तहको चुनाव गर्नैपर्ने संवैधानिक बाध्यता छ ।

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट