७ आश्विन २०७८, बिहीबार

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमसीसी भन्दा गठबन्धन मुख्य रहेको बताएका छन् ।
उनले एमसीसीका नाममा गठबन्धन तोड्ने प्रयास जारी रहेको भन्दै आफ्ना लागि अहिले एमसीसीभन्दा गठबन्धन जोगाउनु महत्वपूर्ण रहेको बताएका हुन् ।
आज काभ्रेमा आयोजित वाइसीएलको नगर सम्मेलनलाई सम्बोधन गर्दै गठबन्धनमार्फत जस्तोसुकै मूल्य चुकाउन तयार तर गठबन्धन भत्काउन नदिने संकल्प समेत गरेको दावी गरे । ‘गठबन्धन तोड्न अनेक षड्यन्त्र भैरहेका छन् । जस्तो मूल्य चुकाउन पनि पछि नपर्ने, अर्को चुनावसम्म गठबन्धन बनाएर लड्ने संकल्प गरेका छौ’, प्रचण्डको भनाइ छ ।
‘एमसीसी विषय ल्याउर्ने, गठबन्धन टुटाउने प्रयास भइरहेको छ । यो परिमार्जन गरेर जान सकिन्छ । तर अहिले एमसीसी मुख्य होइन, गठबन्धन मुख्य हो ।’प्रचण्डको भनाई थियो ।

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट