७ आश्विन २०७८, बिहीबार

माधव नेपाल अध्यक्ष रहेको नेकपा (एकीकृत समाजवादी)ले आज बसेको स्थायी समिति बैठकबाट जारी केन्द्रीय कमिटी बैठकमा पेस गर्नेगरी उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिवलगायतका पदाधिकारीहरूको नाम टुङ्गो लगाएको छ ।
एकीकृत समाजवादीको उपाध्यक्षमा राजेन्द्र पाण्डे, धर्मनाथ साह, जयन्ती राई र प्रमेश हमालको नाममा सहमति जुटेको छ । त्यसैगरी महासचिवमा डा. बेदुराम भुसाल र उपमहासचिवमा डा विजय पौडेल, डा. गंगालाल तुलाधर र प्रकाश ज्वाला चयन हुनुभएको छ ।
सचिवमा रामकुमारी झाँक्री, जगन्नाथ खतिवडा, नागेन्द्र चौधरी, केशवलाल श्रेष्ठको नाम टुङ्गो लागेको छ । टुङ्गो लागेका नामलाई आजै बस्ने केन्द्रीय समिति बैठकले अनुमोदन गरेर घोषणा गर्ने तयारी छ ।

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट