४ आश्विन २०७८, सोमबार

झापाको अर्जुनधारा नगरपालिका २ घर्लेनी टोल स्थित भित्रि सडक खण्डमा क्रेनले किचिरे एक जनाको घटनास्थलमानै मृत्यु भएको छ ।
मृत्यु हुनेमा सप्तरी बोधेबर्साइन ५ का ३५ बर्षीय जोगेन्द्र प्रसाद साह रहेका छन् । हिजो बेलुका पौने ६ बजे सुखानीबाट टाङटिङ खोला तर्फ जादै गरेको ना १ क ५४०० नम्बरको क्रेन गाडीको पछाडी साइडको भागमा चढी बसेको मदन भण्डारी लोकमार्गको पुल निर्माण गर्ने रसुवागढी कन्ट्रक्सनको कामदार रहेका साहको क्रेनको पछाडीको बाँया साइडको चक्काले किच्दा घटनास्थलानै मृत्यु भएको थियो । क्रेन र क्रेन चालक रौतहट रंगपुर २ का २४ बर्षीय मुकेश चौधरी ईलाका प्रहरी कार्यालय अनारमनीको नियन्त्रणमा रहेका छन् । घटनाबारे थप अनुसन्धान भईरहेको छ ।

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट