४ आश्विन २०७८, सोमबार

संखुवासभाको मादी नगरपालिका १ उमलिङको खोलागाउमा भदौ २१ गते भएको सामुहिक हत्याकाण्ड एउटा समुहले योजनाबद्धरुपमा गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
घटनाको थप अनुसन्धान गर्न १ नम्वर प्रदेश प्रहरी प्रमुख डिआइजी अरूण कुमार विसिको निर्देशनमा संघीय प्रहरी कार्यालयका प्रहरी उपरीक्षक भीम दाहालको कमाण्डमा जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी लालध्वज सुवेदी, इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरिक्षक योगराज खतिवडा र प्रदेश प्रहरी कार्यालय (रिट) का प्रहरी निरिक्षक बविन्द्र नेम्बाङ सहितको संयुक्त अनुसन्धान समुह निरन्तर रूपमा थप अनुसन्धानमा जुटेकोमा थप तथ्यहरू र घटनाको मुख्य योजनाकार सहित मादी नगरपालिका वडा नं. १ उम्लिङ खोला गाउँ वस्ने ४ जनालाई प्रहरीले नियन्त्रणमा लिई कारवाही प्रकृया अगाडि वढाएको छ ।
पक्राउ पर्नेहरुमा वर्ष ४७ को खड्ग बहादुर कार्की (मुख्य योजनाकार) उनकै छोरा वर्ष २८ को हस्त वहादुर कार्की, मुख्य अभियुक्त भनिएका लोकबहादुर कार्कीका वुवा वर्ष ४९ को रण वहादुर कार्की र उनका भाई १७ बर्षीय नरेश कार्की रहेको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट