३० भाद्र २०७८, बुधबार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट श्री एयरलाइन्सको उडानद्वारा काठमाडौंबाट विराटनगर जान लागेका दुई यात्री दुई करोड २४ लाखभन्दा बढी रुपैयाँका गहनासहित पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा कैलालीको बर्दगोरिया गाउँपालिका–१ का ३० वर्षीय बोधराज भण्डारी र धनुषाको जनकपुरधाम उपमहानगरपालिका–२ का ४७ वर्षीय मुरारीराज अधिकारी छन् । प्रहरीका अनुसार मुरारीराजले लिई आएको ब्यागेजहरूबाट सुनका गरगहना बरामद भएका हुन् । बरामद भएका गहनाको तौल तीन हजार ३६० ग्राम र बजार मूल्य दुई करोड २४ लाख ९२ हजार बराबर भएको प्रहरीले जनाएको छ ।
सुनका गरगहनाहरू आवश्यक प्रक्रिया पूरा नगरी लैजान लागेको अवस्थामा फेला पारिएको हुँदा आवश्यक अनुसन्धान एवं कानुनी कारबाहीको लागि राजस्व अनुसन्धान विभाग ललितपुर पठाइएको प्रहरीले आज जनाएको छ ।

तपाईंको प्रतिकृयाहरू