३० भाद्र २०७८, बुधबार

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान, राष्ट्रियता र गणतन्त्रका पक्षमा हुनेहरूसँग मोर्चा बनाएको बताएका छन्।
यो गठबन्धनले प्रतिक्रान्ति रोक्ने, प्रतिगमन हुन नदिनेसमेत उनले बताए। नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा, नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चा गठबन्धनमा छन्।
‘गठबन्धनलाई हामीले बचाउनुछ,’ आज आयोजित पोष्टबहादुर बोगटीको सातौं स्मृति सभामा उनले भने, ‘गठबन्धनको तहबाट फेरि हामी दुई तिहाइकै सरकार बनाउनबाट बन्चित भएका छैनौं।’
उनले गठबन्धन बच्यो भने चुनावपछि फेरि पनि सरकार बन्ने बताए। जनताले अब कुरा बुझिसकेकोले आफूलाई बदल्दै अगाडि बढ्नुपर्ने पनि उनले बताए।
यसैगरि प्रचण्डले फेरि पनि माओवादी एक नम्बरको पार्टी बन्न सक्ने बताए। ‘संगठन संरचना र विचार देशैभरि पु¥याएर जाने हो भने यो पार्टी फेरि पनि एक नम्बरको पार्टी बन्छ। शान्ति प्रक्रियामा आउनेवित्तिकै हामीलाई पाँच÷सात सिट आउँछ भनेका थिए, एक नम्बरको पार्टी भयो,’ उनले भने।
‘यसबीचमा नेपाली जनताले माओवादी नै देशभक्त, गणतन्त्रवादी, संघीयतावादी शक्ति रहेछ भन्ने थाहा पाइसकेका छन्,’ साथै प्रचण्डले यतिधेरै सरकारमा सहभागी भएर धेरैलाई माओवादीले मन्त्री बनाए पनि देशको नेतृत्व राम्रोसँग गर्न भने नपाएको उल्लेख गरेका छन्।

तपाईंको प्रतिकृयाहरू