२९ भाद्र २०७८, मंगलवार

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालले नयाँ पार्टी निर्माण गरेको नभइ एमाले फुटाएको आरोप लगाएका छन् ।
सभामुखले निष्पक्षता नअपनाउदा र पार्टी कार्यकर्ताको रुपमा काम गरी प्रतिपक्षीका बिरुद्ध षड्यन्त्र गरेकाले संसदमा अबरोध गरेको भन्दै अबरोध जारी नै रहने ओलीको भनाइ छ ।
नेकपा एमाले जिल्ला कमिटी झापाले विर्तामोडमा आज आयोजना गरेको जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले लामो समयसम्म एमालेमा रहेर माधब नेपालले फाइदा मात्र लिएको र अन्त्यमा बेइमानी गरेको आरोप समेत लगाए ।
एमालेलाई फुटाए पनि सिंगो पार्टीले हिम्मत नहारेको र अब पनि एमालेकै जित हुने उनको दावी छ । एमालेको सरकारले ३ वर्षमा गरेका विकास निर्माणका काम स्मरण गर्दै उनले प्रतिक्रियाबादीहरुले विकास नचाहेकाले सरकार ढलाइएको तर्क गरे ।
वर्तमान सरकार निर्माण भएको २ महिनामा पनि पूर्णता नपाएको भन्दै ओलीले अहिलेको सरकारले बहुमुल्य समय खेर फालीरहेको बताए । यो अवधिमा कांग्रेस नेतृत्वको सरकारले एउटा पनि राम्रो काम नगरेको समेत ओलीको आरोप थियो । आफ्नो भाषणको अधिकांश समय ओलीले माधब नेपालप्रति लक्षित गरेका थिए ।

तपाईंको प्रतिकृयाहरू