२९ भाद्र २०७८, मंगलवार

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को विरोध र नाराबाजीकै बीच सुरु भएको आजको बैठकमा ‘विनियोजन विधेयक २०७८ माथि विचार गरियोस’ भन्ने प्रस्ताव बहुमतले पारित गरेपछि बैठक ४ असोज सम्मका लागि स्थगित भएको हो ।
आज पनि बैठक सुरु भएलगत्तै एमाले सांसदहरुले वेल घेराउ गर्नुका साथै नाराबाजी गरेका थिए।
सभामुखले त्यसबारे कुनै सुनुवाई नगरी बैठक अघि बढाएका हुन् । विधेयकमाथिको सैद्धान्तिक छलफलमा सांसद प्रेम सुवालले मात्रै लिए। संशोधनसहितको बजेट पास हुनै बाँकी छ ।
सभामुख अग्निप्रसाद सापकोटाको भूमिकालाई लिएर एमाले सांसदहरुले निरन्तर संसदमा अवरोध गर्दै आइरहेका छन् ।
एमालेले भदौ २३ गतेदेखि निरन्तर संसद बैठक अवरोध गर्दै आएको छ । एमालेले माधव नेपालसहित १४ सांसद पदमुक्त भएको सूचना टाँस गर्नुपर्ने या सूचना टाँस नगरे सभामुख सापकोटाले राजीनामा दिनुपर्ने भएको अडान कायमै राखेको छ ।
यस्तै बैठकले दुई वटा शोक प्रस्ताव समेत पारित गरेको छ । प्रतिनिधि सभाको अर्को बैठक असोज ४ गते सोमबार विहान ११ बजे बस्ने छ।

तपाईंको प्रतिकृयाहरू