२८ भाद्र २०७८, सोमबार

उपचारका लागि आफ्ना सेटिङका अस्पताल र क्लिनिकमा बिरामी तान्ने बिचौलियालाई पछिल्लो समय प्रहरीले नियन्त्रणमा लिन थालेको छ । यसै क्रममा प्रहरीले नोबेल मेडिकल कलेजबाहिर ७, कोसी अस्पताल क्षेत्रबाट ३ र न्युरो अस्पताल क्षेत्रबाट दुई जना बिचौलियालाई पक्राउ गरेको हो ।

विराट नर्सिङ अगाडिको औषधि पसलबाट सुनसरी इनरुवाका विनोद मेहता, विराटनगरका रोहित शाह, बिवेक शाह, सुनिल ठाकुर र सप्तरीका सारांशकुमार चौधरीलाई पक्राउ गरेको छ । यसअघि प्रद्युम्न राय र आनन्दकुमार साहलाई पक्राउ गरेको थियो ।
त्यस्ता बिचौलियालाई अस्पताल र क्लिनिकमा बिरामी पु¥याएबापत उक्त अस्पताल, औषधि पसल र क्लिनिकले बिरामीले गरेको उपचार खर्चको आधारमा कमिशन दिन्छन् । त्यस्तो काममा संलग्न १२ जनालाई प्रहरीले एक साता अवधिमा नियन्त्रणमा लिएको हो । उनीहरू औषधी पसलका कामदार अनि निजी अस्पताल र क्लिनिकले परिचालन गरेका बिचौलिया हुन् ।

तपाईंको प्रतिकृयाहरू