१२ श्रावण २०७८, मंगलवार

सरकारले प्रदेश नम्बर २, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश प्रमुखलाई हटाउन लागेको गठबन्धनका एक नेताले जानकारी दिए ।
आज बस्ने मन्त्रिपरिषद् बैठकले औपचारिक निर्णय गर्ने ती नेताले बताए । मन्त्रिपरिषद् बैठक ३ बजेका लागि बोलाइएको छ ।
ओली नेतृत्वको मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ मा राजेश अहिराज, गण्डकी प्रदेशमा सीता कुमारी पौडेल र लुम्बिनी प्रदेशमा धर्मनाथ यादवलाई नियुक्त गरेको थियो ।
गठबन्धनका नेताहरुबीच सातमध्ये नेपाली कांग्रेसले २, नेकपा माओवादीले २, नेकपा एमाले माधव नेपाल समूहले २ तथा जनता समाजवादी पार्टीले एकजना प्रदेश प्रमुख पाउने समझदारी बनेको छ ।
हाल प्रदेश १ मा सोमनाथ प्यासी, प्रदेश २ मा डा.राजेश झा अहिराज, बागमती प्रदेशमा विष्णु प्रसाई, गण्डकीमा सीता कुमारी पौडेल, लुम्बिनीमा धर्मनाथ यादव, कर्णालीमा गोविन्द कलौनी र सुदूरपश्चिममा गंगाप्रसाद यादव प्रदेश प्रमुख छन् ।

तपाईंको प्रतिकृयाहरू