१२ श्रावण २०७८, मंगलवार

नेपाली कांग्रेसले १४औं महाधिवेशनका लागि देशभर ८ लाख ५२ हजार ७ सय ११ जनालाई क्रियाशील सदस्यता वितरण गरेको छ । उक्त संख्यामा नेपाली जनसम्पर्क समिति भने गणना गरिएको छैन ।
कांग्रेसको क्रियाशील सदस्यतासम्बन्धी विवादबारे छानबिनका लागि गठन गरिएको समितिले क्रियाशील सदस्यतासम्बन्धी विवादबारेको प्रतिवेदन मंगलबार सभापति शेरबहादुर देउवालाई बुझाएको हो । रमेश लेखकको संयोजकत्वमा गठन भएको उक्त छानबिन समितिको प्रतिवेदनअनुसार ४ लाख ९ हजार ३३ जनाको क्रियाशील सदस्यता नवीकरण गरिएको छ । त्यस्तै ४ लाख ४३ हजार ६ सय ७८ जनालाई नयाँ क्रियाशील सदस्यता वितरण गरिएको छ । त्यस्तै लिंगका आधारमा हेर्दा ६ लाख ५३ हजार ४ सय ३८ जना पुरुष र १ लाख ९९ हजार ९७ जना महिलालाई क्रियाशील सदस्यता वितरण गरिएको छ ।

तपाईंको प्रतिकृयाहरू